Sunday, April 1, 2012

नारि

नारि कहिले आर्थिक रुपले रेटिन्छे
कहिले पारिवारिक सम्बन्धमा चिसिन्छे
र फुत्कनै नसक्ने गरि
सामाजिक कुसस्कार मा जेलिंन्छे
फेरि उहि नारि
पटक-पटक
बेग्ला बेग्लै अबस्थामा
अलग-अलग परिधिबाट थिचिंन्छे
तर पनि उ नारी छे
खुशि छे
र त सबैको प्रिय छे सधै

1 comment:

  1. थिचिएर ठुलो भारीले, खुसि हुन सिकिरहेकी
    उसैमाथि छ
    बोक्सी को आगो,
    हतियारको धारिलो झटारो..
    अनि बलात्कारीको पन्जा र समाजका गिद्दे आँखा
    चौतर्फी प्रहार का बाबजुद पनि
    नारी,
    सतिसाल झैँ खडा छे ,निर्भिक र निडर छे
    न त बिचलित हुन्छे उ, न त हुन्छे आक्रामक ...!!!
    आफै कोर्छे आफ्नो बाटो
    उसलाई थाहा छ
    उ नै हो परिबर्तनको सम्बाहक ...!!!

    ReplyDelete