नमस्कार ! तपाई आराम हुनुहुन्छ ? परिचित आवाज मेरो कान सम्म ठोक्किन आईपुग्यो । म निसब्ध भएँ उस्लाई तत्काल उत्तर दिनको लागि म संग कुनै शब्द नै थिएन । आजभोलि यस्तै हाजारौं प्रस्नहरु नमिल्ने गरि तेर्सिनेगरेको छ मेरो अघि र पछि ।
म प्राय जसो मन भुलाउने बाहनामा एकान्त ठाउँ पुगिरहेकि हुन्छु एक्लै एक्लै साँझ बिहान र कहिले काहि उहि पुरानै ठाउँ भृकुटिमण्डप धाउने गर्छु पुराना यादहरु ताजा गर्नका लागि । यो त्यहि ठाउँ हो जहाँ बिक्रान्त मलाई फुर्सद हुने बित्तिकै बोलाउने गर्थ्यो र हामि घण्टौं सम्म पनि गफ्फिने गर्थ्यौ ।
बिक्रान्त मेरो असल मित्र, जस्लाई म मेरो मनको कुनै पनि कुरा निर्धक्क संग भन्न सक्छु चाहे त्यो दुख र सुख को कुरानै किन नहोस् ।
म जति खुसि हुन्छु उस्लाई भेट्दा त्यो भन्दा नि बढि उ रामाएको हुन्छ मलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा ।
आज आइतबार उस्ले निम्तो दिएको छ मालाइ कफि पिउन आउनको लागि । कुनै न कुनै बाहना बनाएर उ मलाइ भेटिरहन चाहन्छ सायद हाम्रो मित्रता गहिरो भएर पनि हुन हुनसक्छ । उस्को निम्तो लाई स्विकार्दै म उसैले बोलाएको ठाउँमा पुगें तर तोकिएको समय भन्दा अलि ढिला त्यसैले होला उ अलि ठुस्किएको जस्तो देखिन्थ्यो । म्याडम आइपुग्नु भयो? म खिस्स हाँसे उ फेरि बोल्यो "हुनत ब्यस्त मान्छे समय मिलाउदा मिलाउदै ढिला भो होला हैन?" म एक टकले उस्को आँखामा हेरिरहें केहि छिन्मै उस्को रिश साम्य भयो ।
कफि संगै हामि धेरै बेर गफियौं कहिले जिबनका कुरामा त कहिले जगत का कुराहरुमा । गफको सिलसिलामा ३्४ कप कफि सकिएको पत्तै भएन । दिन छोट्टिंदै गर्दा हाम्रो गफ भने झन् झन् लम्बिदै गैरहेको थियो ।
बिक्रान्त परिवार भएको मन्छे । उस्को घरमा छोरा छोरि र अर्धाङ्गिनिले बाटो कुरेर बसिरहेका हुन्छन् मिठा मिठा परिकार बनाएर । आफु त एक्लो मान्छे मात्र खाली कोठा र चिसो ओछ्यानले ढुकेर बसेको हुन्छ संधै संधै । न किन ढिलो आइस् भन्छ न किन भोकै सुतिस् भन्छ । र पनि म बचेँको छु आज सम्म । हामि भित्रको प्रेम भाव एकार्कालाई थाहा छ र पनि आज सम्म ब्यक्त दुबैले गरेका छैनौं ।
कहिले काँहि बिक्रान्त ठट्यौलिमा भन्ने गर्छ "कञ्चन् हामिले भेट्न धेरै ढिला गरेछौं नत्र " उस्को आँखामा माया र पिडा दुबै बराबरि झल्किन्थ्यो । उस्को हरेक ब्यबहारले प्रष्ट देखाउथ्यो कि उ मलाई कत्ति सम्मान गर्छ र आफ्नो ठान्छ भन्ने कुरा ।
म अलि अलि साहित्यमा पनि कलम पनि चलाउने गर्छु यो बिक्रान्तलाई राम्रो संग थाछ छ र उ मलाई राम्रो साहित्यकार पनि मान्छ । बेला बेलामा बिक्रन्त प्रष्न गर्ने गर्छ -"कञचन तिमि सधैं किन भावुक कबिता मात्र लेख्छौ? तिम्रा शब्दहरु पढेर कयौं पटक मेरा आँखा रसाएका छन् । बिक्रान्तको प्रश्नको उत्तर यो पटक पनि मसंग थिएन । म आफै भावुक बन्न पुगेछु उचालिएको कफिको कप पनि टेबलमै ठोक्किन पुगेछ । त्यो दिन हामि कुनै नयाँ ठाउँमा थियौं सुन्दर रमाइलो बाताबरणमा रमाइरहेका हामि एकै छिन मा सुन्य हुन पुग्यौं ।
यति छिट्टै कुनै परपुरुस्ष संग नजिक नहुनु पर्ने हो तर भावना र आत्मा मिले पछि हुने समधुर सम्बन्धको लागि कुनै समय र बर्ष काट्नु पर्दैन भन्नेको उदाहरण पनि हो यो ।
"कञचन अरु के खान्छौ? साँचि तिमिलाई के के मन पर्छ रे? बिक्रान्तको मिठो आवाजमा यो प्रश्न सुनेर दङ्ग भएकि म के के पो मन पर्छ खै? लजा उल्टै प्रश्न गरिदिएं । प्रश्न संग संगै हामि दुनै जना धक फुकाएर जोडले हाँस्यौं । बिक्रान्तको हाँसो निकै मिठो छ तनाबको बेलामा औसधिको काम गर्छ त्यो हाँसोले ।
हामिले त्यो साँझ आफ्ना धेरै जिबनका ब्यक्त्तिगत कुराहरु पनि साँट्यौ जुन फिल्मको कहानि सुनेको जस्तै लाग्यो रे बिक्रान्तलाई । केहि कुराले हसाए हामिलाई केहिकुराले रुवाए पनि । बिक्रान्त केहि बेर बोल्दै नबोलि एकोहोरो मलाई मात्र हेरिरह्यो । सुन्दर फुललाई कसैले नराम्रो भन्यो भने पत्याउन सायद कमैलाई गाह्रो हुन्छ आज बिक्रान्तलाई त्यस्तै भएको छ ।
हामि धेरै समय नै मौन रह्यौं । बाहिर अध्यारो निकै बढिसकेको थियो र पनि कुनै हत्तार थिएन दुबैलाई ।" हाम्रो होटेल बन्द हुने समय भयो सर" एक्कसि आएको आवाजले हाम्रो मौनता भङ्ग गर्यो । दुबैको आँखामा आशुको केहि हिंस्सा अझै बाकिनै थियो मन नलागि नलागि निस्कियौ र मौन मौन मै आ-आफ्नो बाटो लाग्यौं हामि । कोठामा पुग्दा निकै ढिला भैसकेको थियो बस नपाएर हिडेर नै जानु पर्यो त्यसैले पनि होला अलि अलि थाकेको पनि थिएँ म ।
आज कस्तो अनौठो लागिरहेको छ । गर्दै नगरेको गल्तिको पश्चाताप गरेर फेरि अर्को गल्ति गर्दैथिए म थाहा छैन किन यस्तो हुँदैछ आजभोलि र किन यस्तो नचाहिने सोच्दै छु म ।
निन्द्रा नलागेर कोल्टे फेर्दै थिएँ मोबाइलमा म्यासेज आयो " प्रिय कञचन आजको भेटले मलाई थप पाठ सिकाएको छ । आफ्नो स्वास्थ्यको राम्रो संग ख्याल राख्नु । कुनै समय मेरो आवश्यकता पर्यो भने निर्धक्क साथ भन्नु म जहाँ भए पनि तिमि सम्म आईपुग्ने छु ।"
यहि म्यासेज र त्यहि मिठा पलहरु म संग अहिले सुरक्षित छन् सम्झनामा । त्यो भेट पछि अहिले सम्म अर्को भेट हुन सकेको छैन हाम्रो र पनि हामि त्यतिकै नजिक छौं जति पहिला थियौं । समय बद्लियो,शहरका मान्छेहरु फेरिए र पनि बिक्रान्त अझै उस्तै छ ।
मैले फोन गर्दा जहिले पनि भृकुटी मण्डप मा छु भन्ने उत्तरको रहस्य त यो पढेपछि पो थाहा लाग्यो.....
ReplyDeleteविक्रान्त ((.....को हो यो?...)) को मात्रै हैन मेरो पनि अनुरोध आफ्नो स्वास्थ्यको ख्याल गर्नु है.!!!
कुनै कुनै साइनोहरु नजोडिएर पनि अमर हुन्छ । विक्रान्तसँग नजोडिइको साइनोले पनि मनको कुनै कुनामा डेरा जमाएकै रहेछ । कथा राम्रो लाग्यो ।
ReplyDeleteधेरै राम्रो, साइनो जो सँग जसरी जोडियोस् नजोडियोस् त्यसलाई आत्मासाथ गर्न सक्नु र सम्मान गर्नु महत्वपुर्ण कुरा हो । यि कथाका पात्रहरुले त्यसलाई आत्मसाथ गर्न खोजेका रहेछन् । प्रयास राम्रो छ ।
ReplyDelete