Thursday, July 11, 2013

बटुवा

झागिदै गर्दा हाम्रो माया
थकाई मार्दै मार्दै  
चढेको उकालो
र झरेको ओरालो 
अझै उस्तै उस्तै छन
त्यहाँ को ढुङ्गा माटो 
उस्तै छ हामी खेल्दै हिंड्ने बाटो   
तर 
एकाएक बर्खा याममा 
कसरी लाग्यो डढेलो 
त्यो हरियो हाम्रो प्रेमको जगंलमा

सँग सँगै गरेको पानी पधेरो
घाम पानीमा भिज्दै सुक्दै गरेको मेला पर्म
तिमीले दिएको बचन 
मैले गरेको समर्पण
ति सबै सबै
हरेक बेलुकी
आमाले बालेको आगो सँगै 
बन्यो हावाले उडाउने खरानी

मन भित्र लेखिएको बिश्वास
थामिएका एक अर्काका हातहरु
एकनाश ले चुडिए धागोसरि
कुनै समयको मिठो कामुकता
कुनै समयको न्यानो अगालो
मानसपटल मा थुपारेर
कोरेका अलग बाटाका 
हामी दुई 
साच्चै आज
अलग अलग पहिचानका 
बटुवा बनेका छौ

No comments:

Post a Comment