Friday, July 27, 2012

नियाली रहेछु

हिजो यहि खुल्ला आकाशमा
तिम्रो खबर लिन उडेका
एकजोडि परेवा
काँही कतै नभेटिए पछि  
निन्याउरो यो मन 
आफ्नै बशमा छैन आज
थाकेका यि शरिर बोकि
धर्ती टेक्न खोज्दा
कम्पित मेरा खुट्टाहरु
चलमलाउन छोडेपछि
अन्यौल ग्रस्त 
अध्याँरो कोठाको झ्याल बाट 
म निसब्ध नियाली रहेछु 
मेरो भोली अनि मेरो भबिस्य 

4 comments:

  1. .......................
    अध्याँरो कोठाको झ्याल बाट
    म निसब्ध नियाली रहेछु
    मेरो भोली अनि मेरो भबिस्य
    ....................... साह्रै मन पर्‍यो है ।

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. यो वर्तमान यस्तै अँध्यारो कोठा बनेको छ हाम्रा लागि। एउटा प्रभावशाली कविता!

    ReplyDelete