हात जोडी बैरिकोमा कति धाउछौ तिमी ।
यती प्यारो मातृभुमी कहाँ पाउछौ तिमी ।
सुन्दर शान्त नेपाललाइ खेल भुमी बनाएर
दोसै दोसको भाषणमा कति धाउछौ तिमी ।
दन्दनी आगो आज आफ्नै घरमा लगाएर
गौथली को गीत फेरी कति गाउछौ तिमी ।
रेटी रेटी तरबार ले जनताको सपनलाई
टुक्रै टुक्रा देश पारी कति पाउछौ तिमी ।
बिदेसीको पोल्टामा रास्ट्रीयता लाइ सुम्पिएर
आफ्नै झन्डा जलाएर के सजाउछौ तिमी ।
No comments:
Post a Comment