एका बिहान
कुखुराको डाक सँगै
एउटा पत्र आयो
खुशीले उचालिदै पत्र खोले
सात समुन्द्र पारी बाट
मेरो खसमले पठाएँको सम्झना थियो
उस्को सुगन्ध थियो
कता कता
आफुलाई बिर्सेंर
बिदेशी मुलुकमा बगाएको पसिना थियो
अमुल्य उसको मुटु ढुकढुकीमा
मध्यघाम को तातो राप थियो
अनि आँखा बाट बगाएको मोतीका दाना हरुले
भिजाएका शब्दहरु थियो
कस्तो बिडम्बना
तिमी फर्क खसम भन्न पनि सकिन
म आउछु खसम भन्न पनि सकिन
हामीलाई गाज्यो गरीबिले
थिच्यो ॠणको भारिले
कठै म
कठै मेरो खसम
पत्र भित्रको शब्द सँगै
म बगे एकछिन
बेहोसी जस्तै बने
तर पनि
सम्हाले आफुलाई
समय को चक्र सँग सँगै
मिठो मिलनको प्रतिक्षामा
आफुलाई निरन्तर निरन्तर
उहि बाटोमा उभ्याइरहे
No comments:
Post a Comment