यो सपनाको शहर भित्र
सागुरो गल्ली सँग ठोकिदै
खुम्चिएको सपना बोकेर
कहिले यता
कहिले उता
छाम छाम छुम छुम गर्दै
लौरी टेकेको कयौ बर्ष भएछ
कति आए बास बस्न यहाँ
कति आए गास टिप्न यहाँ
खै कहाँ बाट आए कहाँ बाट
मलिनो अनुहार लिएर आए
बाच्नुको रित्तो आकाक्षा
झुण्डिएको मौन लक्ष्य
म सुनिरहेछु
प्रत्यक पल
उनिहरुको खुइया
आफ्नै भावना बेच्न
आफ्नै सपना बेच्न
आफ्नै कल्पना बेच्न
दौडधुप छ यहाँ
सडकका किनार किनारमा
अध्यारा परिचय लिएर
निबस्त्र ढुकिरहेका छन
आफ्नै भबिस्य
प्रत्यक पाइला चलाऊछन
उहि दिग्दारी सँगै
धिक्कारछन दाहिने हातले आँफैलाई
अनि पलभरमै पुरिन्छन खाल्टोमा
तर
के थाहा उनिहरुलाई
सुनसान यो शहरमा
मानिस पनि बेचिन्छ भनेर
हो साच्चिकै मन पर्यो कविता...
ReplyDeleteहो म पनि बास बस्न आएको थिए, म पनि गास टिप्न आएको थिए, तर सहरले खर्लप्पै खाइदिएको छ म र मेरो स्वाभिमान त्यसैले हिजो आज म पनि रहरहरु सिभिल मल को कुनै एउटा रेस्टुरेन्ट मा बन्धक राखेर भावना अनि सपना हरुको बिक्रि गर्न रत्नपार्क छेउछाउ बस्न थालेको छु, तर कहिलेकाही तिनै सपना किन्न लालायित हरुको भिडमा आफ्नै छायाँ देखेर डर लाग्छ र नमिठो लाग्छ जीवन, के गर्नु जीवन भन्नु नै संघर्ष हो रे, त्यसैले संघर्ष गर्दै छु आशा छ मैले भने बेचिनु पर्ने छैन यो सहरमा???????
यो सपना को शहर भित्र ...साँगुरो गल्लि संग ठोकिदै खुम्चियको सपना बोकेर ...कहिले यता कहिले उता...,
ReplyDeleteउर्मिला दिदि सायद तपाई को जस्तै भावना शहर का गल्लि गल्लि मा भोकै प्यासै ढलेका छन् , कयौ पौरखी सुनाखरी टिप्ने नेपाली हात हरु विदेशी भूमिमा मेशिनको धारमा मा परेर चुडिएका छन् ...तर देश र राज्यलाई, र समाज लाई के थाहा हरेक दिन नेपालमा रेमिट्यान्स मात्र होइन हजारौ सपना बोकेर विदेश गयको युवाको लास पनि बक्स भित्र प्याक भयर आउदै छ भन्ने कुरा ....