तिमी सँगै बिताएको रात हो यो पहिलो ।
हासी हासी समाएको हात हो यो पहिलो ।
थोरै सकोच थोरै डर मन भित्र कता कता
भेल सरि उर्लिएको मात हो यो पहिलो ।
नजर सँग नजर मिलाई इसारामा बोल्दा
जीवनकै मिठो मिठो साथ हो यो पहिलो ।
एक अर्कामा बधिएर स्वप्न बगैचा मा
न्यानो न्यानो मायाको खात हो पहिलो ।
दिल भित्र चौतारिमा बास तिम्ले बसे पछी
हाम्रो प्रितको कोमल कोमल पात हो यो पहिलो ।
Interesting one!
ReplyDeleteभन्नुपर्दा मन परेकै हो!!
ReplyDelete