Thursday, August 4, 2011

मृत्युको आलिगन

मैले सोचिरहेको मृत्यु
अनि भोगिरहेको जीवनको दोसाधमा
सतिसालझै उभिरहेकी एक्लो यो यात्री

कहिले एउटा खुट्टा अगाडि 
त कहिले अर्को खुट्टा अगाडि
धेरै प्रतिस्प्रधा पछी
मैले अन्तिम बाटो रोज्दै गर्दा
एक थोपा आसु तप्प झर्यो
ति लामा बाटा र छोटा बाटाका बिचमा
आफुलाई केही समय अड्याए
त्यही आसुको थोपा हत्केलामा राख्दै
जीवन भित्र को जीवनलाई
समाप्त पार्ने चेस्टामा
उहि मुर्दा घाटको मुर्दा सँग
आलिगन गर्दै
मृत्युको चिर निन्द्रामा
आफुलाई समाहित गरे

No comments:

Post a Comment