Monday, August 22, 2011

गजल

एक्लै छु यहाँ म एक्लै छौ तिमी पर
अचानक लागिराछ टाढा टाढा हुने डर

 
सिसिरे सिरेटोमा सँग सँगै हुन पाए
आनन्दले बाच्न पाउथ्य परी परी तिम्रै भर


सिरानी नै भिजेछ तिम्रै यादमा मैले रुदा
त्यसैले मनको माली मेरै गाउमा तिमी सर


तस्वीर  तिम्रै हेरि हेरि बस्या छु प्रिय यहाँ 
मुटु अति दुख्यो भने पर्ला पिउन फेरी जहर

1 comment:

  1. प्रेमी मनको भावना समेटेको सुन्दर गजल!

    ReplyDelete