Sunday, August 28, 2011

गजल

कलीयुग आको छ भन्दै थिए मेरा बाले
हिजो आज केटाले नि तीज मनाउन थाले

समयको माग हो कि बिकृतिको दाग हो
कर्णप्रिय भाकालाई रिमिक्स तिर ढाले

बिकासको फड्को ठान्लान् बुद्दिजिबीहरु यहाँ
हेदा हेर्दै सस्कृति नै हुन गयो झाले माले

अचम्मको समानता भन्लान् शायद कोही
के गरेको बिचित्र भन ए मेरा काले

No comments:

Post a Comment