Sunday, August 7, 2011

गजल

लाज सरम धरम छैन भन्छन मेरा हजुर ।
टाढा भाको एकपल पनि गन्छन मेरा हजुर ।


कुटो सँगै कोदलीको डाम पनि लाउछन कहिले
आँखा सामु नदेख्दा पागल बन्छन मेरा हजुर ।


कस्तो माया उनको कुन्नी बुझ्नै यहाँ गाह्रो भयो ।
रिसले चुर हुँदै पुर्न खाल्डो खन्छन मेरा हजुर 


कुट्छन् पिट्छन् मार्छु भन्छन् खोला पारी तर भन्छन्
ब्युझिएर फेरी मैलाइ देउता मान्छन मेरा हजुर

No comments:

Post a Comment