Thursday, May 24, 2012

नजोडिएको साइनो - भाग दुई (२)

           धेरै दिन पछि आज बिहानै मैले बिक्रान्तलाई रत्नपार्कमा भेटें । उ आफ्ना छोरा छोरि र आफ्नि अर्धाङ्गिनि संगै थियो । गुपचुप देखिन्थ्यो थाहा छैन के भएको छ । धेरै समय पछि देखेको कारणले होला म भित्र एक किसिमको ढ्याङ्ग्रो बजिरहेको अनुभब मैले गरिरहेको थिएँ ।
म चाहन्थें एकनासले उनैलाई हेरिरहुँ अफसोच त्यो चाहना चाहनै मात्र रह्यो । म सक्दिन उस्को नजिक हुन । म सक्दिन मन भित्रका उतार चडावहरु खुलस्त भन्न तर धेरै समय पछिको भेट नै काफि थियो मेरो लागि ।

मलाइ देख्ने बित्तिकै टाढै बाट बिक्रान्त मुसुमुसु हास्यो र हातको इसाराले आफु तिरै डाक्यो - कञ्चन यतै आउ न । म दोधारमा परें जाउँ या नजाउँ तर मनले कहाँ मान्छ र लुरुलुरु उस्कै समिपमा गएँ ।

कञ्चन उनि मेरि अर्धाङ्गिनि समिक्षा , अनि ठुलि छोरि अर्पिता र छोरा प्रणव । उस्ले राम्रै संग चिनाजानि गरायो । मैले पनि हाँसि हाँसि बोलिदिएँ नमस्कार सँगै ।

थाहा छैन किन, सधै झैं म आज खुलेर बिक्रान्त सँग बोल्न सकिरहेकि छैन न उस्को अनुहार हेरर हाँस्न नै । सायद मलाइ जस्तै आज उस्लाइ पनि पक्कै भएको छ त्यसैले त उ हडबडाउदै के के बोल्दै छ । कहिले आफ्नि अर्धाङिनि तर्फ हेर्दै त कहिले आफ्नै बालबच्चा तिर हेर्दै । उ फेरि भन्छ, समिक्षा कञ्चन मेरि असाध्यै मिल्ने साथि हो ।

उनि मेरो १० बर्ष अगाडि देखिको पुरानो साथि । हाम्रो पहिलो भेट पोखराको एउटा रिसोर्टमा भएको थियो कार्यक्रमको सिलसिलामा । बास्तबमा भन्ने नै हो भने उन्को मधुर आवाजले नै हामिलाइ नजिक ल्याएको थियो । कार्यक्रमको अन्त्यमा गित गजल गाएकि थिइन् उन्ले ।

बिक्रान्तको कुरा नटुङ्गिदै समिक्षाले कुरा थपिन्- हिजो बेलुकामात्र तपाइको कुरा गर्नु भएको थियो उहाँले आजै भेट हुन रहेछ ।

उन्को आवाज सुनेर लाग्थ्यो उनिहरु अलि हत्तारम छन् । बिक्रान्त केहि नबोलेर पनि धेरै कुरा गर्दै थियो मनसँग सायद उ एक्लै भेट्न चान्थ्यो मलाइ अनि भन्न बाँकि धेरै कुरा सुनाउन चाहन्थ्यो ।

मलाइ पनि त्यति सहज भएको थिएन आज । साच्चै भन्ने हो भने मलाइ कहिले छुट्टिउँ भएको थियो उनिहरुसँग ।

आज फेरि मलाइ बिक्रान्तले भनेको उहि कुराको याद आयो । कञ्चन तिम्रो र मेरो भेट हुनु अलि ढिला भयो नत्र तिमिलाइ नै मेरि अर्धाङ्गिनि बनाउथें । उस्ले ठट्टा गर्दै बोलेको कुरा हो , तर मलाइ भने उस्ले भित्री मनबाटै बोलेको जस्तै लागिरहन्छ सधैं । हामि बिच न धेरै कुराकानि हुन्छ न भेट घाट नै र पनि धेरै नजिक छौं हामि एक अर्काको ।

उ बारम्बार मसंगको कुराकानिमा समिक्षाको नाम लिइरहन्छ । हो उ आफ्नि अर्धाङ्गिनिलाइ धेरै प्रेम गर्छ आफुलाइ भन्दा पनि बढि त्यसैले त उ सधैं खुसि देखिन्छ अनि सुखि ।

हरेक भेट हाम्रो लागि अपुग हुन्थ्यो । समय कति चाँडै सकिन्थ्यो पत्तै हुन्न थ्यो । कफि चिसो हुँदा सम्म पनि हामि गफ्फिदै हुन्थौं । बास्तबमा म मनै देखि खुसि हुन्थें बिक्रान्तलाइ आफु सामु पाउँदा ।

बुद्दु छ बिक्रान्त । कहिले काँहि गालि गर्दा मैले बुद्धु भनेर कराउँछु तर उ मुसुक्क हाँसेर टारिदिन्छ । मलाइ त्यो दिनको धेरै याद छ । जुन दिन हामि खोलाको किनारामा बसेर राति अबेर सम्म ताराहरु गन्दै आ-आफ्ना तिता मिठा गफहरु गरेका थियौं । अनि बिक्रान्त अलि भाबुक बन्दै जाँदा मैले उस्को हात समातेर भनेको थिएँ । बिक्रान्त -तिमी पहिलो जुनिमा पनि मेरै साथि थियौ होला है ? यतिकै मिल्ने अनि यति धेरै माया गर्ने ।

बिक्रान्त को मौन समर्थन देख्दा लाग्थ्यो उ पनि यस्तै के सोच्दै थियो मन मनै । त्यो समय देखि हाम्रो भेट भृकुटि मण्डपमा लक्ष्मि दिदि को चिया पसलमा मात्रै हुने गरेको छ । र हिजो आज त्यहि भेट पनि पातलिदै गएको छ सायद, हामि दुबैको ब्यस्तकाको कारणले पनि होला ।

उ मेरो धेरै नजिक छ र पनि मलाइ उस्को नजिक जान किन किन डर लाग्छ । "प्रेम गरेको हरेक बस्तु प्रिय हुन्छन्" तर ति सबै सधैं साथमै हुनु पर्छ भन्ने पनि छैन । टाढै बाट पनि निकटताको महसुस गर्न सकिन्छ । मलाइ लाग्छ - सुन्दर सपना, सुन्दर बस्तुहरु र सुन्दर देखिने सबै चिजहरु क्षणिक हुन् तिनिहरुले थोरै खुसि र धेरै पिडाहरु दिन्छन् त्यसैले त्यस्को पछि लाग्नुको कुनै अर्थ छैन ।

कञ्चन, अब हामि हिड्छौं । एकजना नातेदारको घरमा सानो भोज छ आज समयमै पुगिएन भने फेरि भनाई खानु पर्छ साथिभाइको । बिक्रान्त धेरै मेहेनति छ अनि सरल पनि उस्तै छ । उस्को अर्धाङ्गिनि पनि लाग्यो बिक्रान्त भन्दा केहि फरक छैन ।

हामि छुटियौं मन बाट हैन मात्र भौतिक शरिरबाट । कस्तो सम्बन्ध हो यो ? म मनमनै सोच्दै थिएं । संगै हुँन पनि नसक्ने र छुट्न पनि नसक्ने ।

बिक्रान्तलाइ टाढा पुगुन्जेल सम्म हेरिरहें । कत्ति खुसि छ उ आज छोरा छोरि संग । पक्कै पनि धेरै लामो समय पछि यसरि हिडेको छ उ स-परिवारसंगै खुसि साँट्दै । मैले पनि मन मनै खुसि बाँडे बिक्रान्त सँग त्यसैले त धेरै दिन देखि गरुङ्गो भएको मन आज हलुको भएको छ । काँडै झिके जस्तो ।

यहाँ हरेक कुराहरु परिबर्तन हुन्छ र भएका छन् तर बिक्रान्त आज सम्म पनि उस्तै छ जस्तो उ १० बर्ष अगाडि थियो । बिक्रान्त सँधै म खुसि र सुखि रहेको सुन्न र देख्न चाहन्छ । कुनै दिन बिरामि परेको खबर सुन्यो भने मुर्छा पर्छ रे भन्थ्यो भेटमा त्यसैले त म बिरामि परेको खबर सकेसम्म उ सम्म पुग्न दिन्न । किन कि म पनि उ खुसि भएको हेर्न चाहन्छु र आफ्नो पिडा आफै एक्लै पिउन चाहन्छु सोमरस झैं गरि ।

अघि भर्खर त ठिकै थियो तर एक्कासि खै के भो के भो मलाइ । आज पटक्कै मन छैन घर फर्कने । मेरो मन अशान्ति भयो भने पशुपति नाथको मन्दिरमा पुग्ने गर्छु । जाहाँ म रमाउने गर्छु एक्लै एक्लै र भुल्ने गर्छु सबै दुख पिडा । भन्नै पर्दा एक किसिमको शान्ति मिल्छ मलाइ भित्रै देखि । हो , आज मैले त्यहि गरें । जुन कुरा गर्दा मलाइ आनन्द मिल्छ, शान्ति मिल्छ । जब म पसुपतिको ओरिपरि घुम्छु । त्यहाँको हरेक बस्तुले मलाइ बिस्तारै बिस्तारै छुन्छ अनि म त्यस्मै लिन हुन पुग्छु ।

त्यहाँ जलाइ रहेका शबहरु सँग सँगै कहिले काहि लाग्छ म आफै जलिरहेछु र उडिरहेछु हावामा उहि धुवाँ बनेर कसैले छुन नसक्ने गरि पुग्छु माथि माथि धेरै माथि । कहिले कुनामा एउटा झोला च्यापेर बस्ने बुढि आमा मेरै हुन् जस्तो लाग्छ र उन्को आँखाबाट पोखिएको आँशु मेरै हो जस्तो लाग्छ । म त्यहाँ बादरको इसारामा रमाउछु , जोडिहरुको प्रेम देखेर खुसि हुन्छु अनि भगवानको समिप छु त्यसैले झन आनन्दित हुन्छु एक्लै एक्लै आफै सँग ।

मैले खुसुक्क एक दिन बिक्रान्तको फोटो मेरो मोबाइलमा कैद गरेकि थिएँ उस्ले पत्तो नपाउने गरि हो, अहिले म त्यहि तस्बिर संग एकल संवाद गरिरहेकि छु । अचानक भएको भेट । समयको अभाव । आफ्नि अर्धाङ्गिनि सँगै छोरा छोरि को साथमा बिक्रान्त । शहरका गल्लि गल्लिमा धेरै मिठा सपना बाड्ने हरु भेटिन्छन् यहाँ तर बिक्रान्त जस्तो ब्यक्ति कोहि भेटिन्नन् यो स्वार्थि शहरमा । त्यसैले त बिक्रान्त अरु भन्दा धेरै फरक छ ।

हाम्रो साइनो मिठो छ तर यो साइनोको नाम दिन आज सम्म पनि सकेको छैनौं हामि दुबैले । सायद, जिबन भर सकिन्न पनि होला । हृदय भित्र अमिट भएर बस्ने छ सँधै सँधै ।

म खोजि रहेछु अधर अधरमा अफसोच छैन म सँग बिक्रान्त । थाहा छैन कहिले काँहि त म किन यति धेरै पागल बन्छु । म मेरो खुसिको निम्ति बिक्रान्तको जिबनलाइ कहिल्यै असर गर्ने छैन । म सँधै उस्को खुसियालिको लागि भगवान सँग हात फैलाउने गर्छु । र यहि भन्छु मेरो बिक्रान्त सँधै यस्तै रहोस जस्तो उ आज सम्म छ । राम्रो मान्छेको जिवन राम्रै हुन्छ । थाहा छैन फेरि अब हाम्रो भेट कहिले हुन्छ र कहाँ तर पनि म सम्झिरहनेछु, उस्को मायाँ , म प्रतिको सम्मान । तर जिन्दगि भर म आफैले आफैलाइ प्रश्न गर्न भने कहिलै छोड्ने छैन ।

आँखिर यो कस्तो मिलन ? यो कस्तो माया ? अनि के छ हाम्रो साइनो ?

हो , बिक्रान्त कुन साइनो ले बोलाउँ म तिमिलाइ …………………..???

10 comments:

  1. एउटी असल प्रेमिकाको गहिरो माया को भाव....!!! बधाई छ आफ्ना कुरा नलुकाई भन्न सकेको मा...आगामी दिन् मा पनि यस्तै यस्तै पढ्ने अवसर मिलोश . साह्रै उत्कृस्ट छ !!!

    ReplyDelete
  2. साह्रै राम्रो लाग्यो दिदी....

    ReplyDelete
  3. "प्रेम गरेको हरेक बस्तु प्रिय हुन्छन् तर ति सबै सधैं साथमै हुनु पर्छ भन्ने पनि छैन ...." ekdum sahi ho didi

    ReplyDelete
  4. "प्रेम गरेको हरेक बस्तु प्रिय हुन्छन्" तर ति सबै सधैं साथमै हुनु पर्छ भन्ने पनि छैन । टाढै बाट पनि निकटताको महसुस गर्न सकिन्छ.................यो लाईनले मेरो मन छोयो एकदमै राम्रो लागो अरु बाकी भाग पनि पोस्ट गर्नु है त

    ReplyDelete
  5. अधुरो अनि अपुरो भावनात्मक प्रेम को अभिब्यक्ति अत्यन्तै सुन्दर शब्दहरुको संयोजन गर्दै सरल भाषा मा लेखिदिनु भएको रहेछ, पढ्दै गर्दा यो कथा को अन्त्य नहोस जस्तो लाग्यो, तर कति खेर पढि सकिएछ पत्तै भएन। मन छोयो कथा ले, कथाकार लाई हृदय देखि नै धन्यबाद

    ReplyDelete
  6. भावना अत्यन्त राम्रो छ, तर ह्रस्व दीर्घमा ख्याल गर्नु भएको रहेनछ ।

    ReplyDelete
  7. नजोडिएको साइनो आफैमा राम्रो र मर्म इस्पर्शि शब्द हो । यो कथा भित्र नारि भएर पनि आफुले आफैलाइ गरेको प्रेम,सम्मान र उस्ले गरेको स्वार्थ बिनाको प्रेम ले पुरुष पात्रलाइ नै ओझेलमा पार्न सफल भएको छ । यो कथा भित्र जो कोहिले पनि आफैलाइ भेट्टाउन सक्छन् यो कथाको बलियो पाटो हो ।
    कथाकारले यो कथालाइ कल्पना या बास्तबिक घटना जे भए पनि राम्रो सङ्ग प्रस्तुत गर्नु भएको छ ।
    कथाकारलाइ धेरै धेरै बधाई ।
    अर्को भागको प्रतिक्षामा

    ReplyDelete
  8. "प्रेम गरेको हरेक बस्तु प्रिय हुन्छन्" तर ति सबै सधैं साथमै हुनु पर्छ भन्ने पनि छैन । टाढै बाट पनि निकटताको महसुस गर्न सकिन्छ...मन छुने रहेछ ।

    ReplyDelete
  9. This comment has been removed by the author.

    ReplyDelete
  10. hey radhaya ek patak maha bharat padnu sayad saino bhaytin6 ki.

    ReplyDelete