Friday, May 11, 2012

बन्दको यात्रा


      हाम्रो देश नेपाल अहिले संकट ग्रस्थ अवस्थामा किनकी सिङ्गो देशको नक्सा हाम्रो भबिस्यको रेखा कोर्ने समय आएको बिभिन्न माग सहित नेपाल बन्द गर्नेको ठुलो जमात कोहि जातिए राज्यको बिषय कोहि संघियताको बिषयमा, कोहि जातिय संघियताको बिरुद्दमा कोहि देशलाई जातिए रुपमा भाग लगाउन हुन्न भन्ने आवाजहरु उठाउँदै आन्दोलनरत छन्
नेपाल बन्दको दोस्रो दिन आज , मेरो बहिनि प्रमिला बहिनि सुस्मा बिशेष कामका कारण बानेश्वर हिडेर जानु पर्ने भयो ।करिब :३० तिर घरबाट बानेश्वरको यात्रा तय गरियो कलंकि बाट कालिमाटि , कालिमाटि बाट तृपुरेश्वर हुंदै थापाथलिको बाटो तर्फ हिड्दै थियौं
बाटोमा पानि प्यास लाग्यो बहिनि प्रमिलालाई बन्दको दिन भनिएता पनि पानि किन्नलाइ खासै मेहनत गर्नु परेन ।साना तिना पसल खुल्ला नै थिए पानि पिउँदै अनि गफ्फिदै हामि अगाडि बढ्यौं धेरै समय पछि खुल्ला बाटो हिड्न पाउँदा निकै रमाईलो भै रहेको थियो बाटोको एउटा कुनामा बुढि आमाले मकै, बदाम,भटमास, केराउ, चानाहरु बेचेको देखेर हामि पनि त्यतैतिर लम्कियौं केराउ चना किनेर खुल्ला सडकमा आनन्द लिदै खादै हिड्दै थियौं थापाथलि चोक पुग्नै लाग्दा चना केराउ बहिनि सुस्माको हातमा थियो त्यो देखेर एउटा बाँदर झम्टेर आयो बहिलि आत्तिएर चिच्चाइ भोकाएको बेलामा मान्छेले मान्छेको मासु खान्छ भने बाँदर जनावर नै पर्यो
मलाइ पनि केहि डर लागेको थियो तर बाँदर बहिनिलाई छुट्याउने मेरो प्रयास सफल भयो तर उत्त बाँदरले मलाई समेत आक्रमण गर्यो खासै ठुलो चोट लागेन तर पनि रेबिज लाग्ने डरका कारण प्रमिलाले थापाथलि प्रसुति गृह नजिकैको मेडिकलम लगि टि-टि सुई लगाइयो
सडक भरि बच्चाहरु आनन्द संग खेलिरहेका थिए बच्चाहरु रमाएर खेलेको हेर्न धेरै मन पराउंछु साथै उनिहरुसंग खेल्न पनि तर खेल्ने समय मेरो थिएन भित्र भित्र गल्लिमा आनन्द संग पसलहरु खुलेका अनि ढुक्कका साथ सवारि साधनहरु चलाएको देख्न सकिन्थ्यो धुवाँ, धुलो,ध्वनि प्रदुषण खासै थिएन
हामि केहि समय प्रसुति गृह पनि छिर्यौं , त्यहा मेरो साथिलाइ भर्ना गरेर राखेको थियो अघिल्लो दिन पनि बन्दको कारणले भेट्न जान पाएको थिइन तर कमकै बाहनामा हिड्दा पनि भेट्न पाएँ धेरै खुसि लाग्यो प्रमिला बहिनिको कामको कारण हामि छिटो भन्दा छिटो बानेश्वर पुग्नु पर्ने थियो एउटा मित्रको टेलिफोनको आधारमा थापाथलिको भित्र भित्रै बबरमहल निस्कियौं घामको चर्को राप हिडाइ उस्तै थियो बाटोमा हिड्दै गर्दा मेरि कान्छि बहिनि  रश्मिलाले फोन गरेर सानो सोरले भनि "दिदि आज मेरो डबल ड्युटि छ,आउन अलि ढिला हुन्छ है" बन्दका कारणले कर्मचारिहरु पनि कार्यस्थलमा कम पुग्छन् । मेरि बहिनि स्टाफ नर्श हो त्यसैले पनि होला उस्को बिदा छ भन्ने कुरा सुन्नै गाह्रो हुन्छ हामिलाइ । उस्लाई पनि रहर त लाग्दो हो परिवार संग बसेर रमाइलो गर्ने तर पेशा को कारण त्यति सहजता थिएन ।
प्रमिलाले बाटोमा जे भेट्यो त्यस्लाई फुटबल बनाउँदै खेल्दै हिडिरहेकि थिइ बिल्कुलै बच्चा जस्तै ।
पनि खुब मज्जा लिइ रहेकि थिएँ सुस्मा भने हाँस्ने सिवाए अरु केहि गर्दिन थिइ उस्ले बोलेको  त्यती  धेरै सुन्नै पाईदैन थियो जे होस हामि सुख दुखका साथ बानेश्वर पुग्यौं हामि करिब सांडे घण्टा लगाएर बानेश्वर पुगेका थियौं थकित को कुरै नगरौं, सुई लगाएको कारण हात चलाउनै नसक्ने भैसकेको थियो  संगै ताप पनि उस्तै बानेश्वोरम केहि साथिहरु संगको भलाकुसारि पछि हामि आफ्नै काम तिर लाग्यौं बानेश्वर सबैको केन्द्र बिन्दु हिजो आज त्यहा सबै नेताहरुको जमघट बढेको जातिय मुद्दामा देश बलिरहेको अबस्थामा संबिधान सभा भवन बाहिर केहि युवा हरुको जमात नया सांबिधानलाइ स्वागत भन्ने ब्यानर बोकेर बसिरहेका थिए

कति धेरै चिन्तित थिए ति युवाहरु राम्रो संग उनिहरुका अनुहार पढ्न सकिन्थ्यो ।चौतर्फि बिरोध भैरहेको अबस्थामा ति युवा जमातहरु बन्ने संबिधानमा आफ्नो भबिस्य सुनिस्चित भन्ने मनोबैज्ञ्यानिक सोचमा बसिरहेकाछन् प्रमिला सुस्मा पनि सहभागि हुन पुगे त्यहाँ युवाहरु जोसिलो पारामा गितहरु पनि गाउदै थिए गाउँ गाउँ बाट उठ,बस्ति बस्ति बाट उठ,नयाँ संबिधानलाइ स्वागत गर्न उठ, पनको पात नया संबिधानलाई स्वागत गरौं जेठ १४ सलल भन्दै रमाइलो गर्दै थिए गित सुनेर उनिहरुको उत्साह देखेर मेरो आँखा भरि आँसु टिल्बिलियो त्यहाँ खासै रुन सकिन यदि घरमा थिएँ भने डाको छोडेर चाहि रुन्थे
समग्रमा जे जे भए पनि आजको मज्जा छुट्टै थियो बन्द भएकोमा खुसि भएको हैन आफ्नो हिडाइ प्रति चरम सन्तुस्टि हो बानेश्वर पुग्दै गर्दा धेरै साथिहरुको फोन म्यासेज आयो तय्हि फोन म्यासेज संग आफ्नै किसिमले रमाएँ बाँदरको आक्रमण बाहेक सबै कुराहरु राम्रै रहे बहिनि प्रमिलाको काम पनि फत्ते भयो अनि युवाहरुको जोश जाँगर पनि राम्रो संग हेरें सबै जना - आफ्नो धुनमा थिए तछाड मछाड गर्दै घर् फर्कदै कोहि मित्रहरु भेट्न जाँदै कोहि रातृ समयको काम मा दौडिदै थिए एकनासले नियाले सडकको पेटिमा बसेर यो संसार बिचित्रछ तर मेरो देशको अबस्था कस्तो हुने हो अन्यौल मा
हामि जाँदा जना थियौं तर फर्किदा दाई निलकण्ठ को पनि उपस्थिति भएको थियो सवारि साधन चलेको कारण हामि बसबाट जना घर फर्कियौं
मेरो कामना देशमा चांडै संबिधान बनोस्। राम्रो संबिधान बनोस्। हाम्रो सांबिधान बनोस् जय संबिधान

No comments:

Post a Comment