Sunday, July 15, 2012

प्रश्न

न्यानो घामले चिहायो
आज उहि उजाड मरुभुमी    
मिथ्याहा हो भन्दै
दौडिएर एकजोडी परेवाहरु
तर
वासुरीको धुनमा एउटा सिङ्गो सम्झना
आज एका एक हराइरहेको छ
उहि मुर्दा सरी आफ्नो भविष्य
वोकेर क्यानभाषमा उतारेको
आफ्नै प्रतिविम्व संगै भलाकुसारी गर्दै
निवस्त्र
अल्मल्लिएमा पाइलाहरु चाल्दै
मेरी आमा
मलाई प्रश्न गरिरहेकी छिन् ।
छोरी
हिजो हाम्रो समाचार ल्याउने
एकजोडी परेवाहरु कता गए ?
फेरी अर्को प्रश्न
छोरी
सुनसान यो वस्तीमा
हामी कस्का लागि ?

यो अध्यारो भित्र हामी किन ?
म मौन वसेँ
मेरी आमा पनि मौन
त्यो न्यानो घाम
एकाएक भागेको समाचार
न मैले देखेँ
न मेरी आमाले
तर
किन किन
प्रश्न एकनाशले गुञ्जिरहेको छ
म माथी
आज पनि !!! 




No comments:

Post a Comment