Saturday, February 25, 2012

म र मृत्यु


कृतिम सपनाहरुलाई तिलान्जली दिदै
मिर्तुलाई आफ्नै घरमा बसेर कुरीरहे
सयौ पत्रहरु पठाय
आउँदै आएन
मिर्तुलाई आफ्नो बनाउन चाहन्थे
मिर्तुलाई आलिगन गर्न चाहन्थे
उसैलाई भेटेर
उसैमा लिन हुन चाहन्थे
तर
मिर्तु भने
सधैं देखेर सुइकुच्चा ठोक्यो
जब
आफ्नै दुनियाँमा मस्त हुँदै
मिर्तुलाई बिर्सिसकेकी थिए
अचानक आज
झ्यालबाट मलाई चियाइ रहेकोछ
मलाई जिस्काइरहेको
मैले उसलाई कयौ पटक भेट्न खोज्दा
अटेरी बनेर
मलाई नदेखेझै गरी दौडी रह्यो
बरु सुटुक्क मेरो छिमेकीकोमा पस्यो
मलाई बेवास्था गर्दै
तर अहिले
उसलाई भुल्दै
टाढा टाढा हुँदै थिए
आफ्नै छुट्टै दुनियाँ बनाउदै थिए अचानक
मेरो नजिक नजिक
आउँदै
हिजो आज मलाई
मिर्तु भन्दा जीवन
यौ गुना उज्यालो लागिरहेको
अफसोच
मिर्तु सँग
भागेर पनि भागन सक्दिन
जीवन मागेर पनि पाउन सक्दिन

3 comments:

  1. धेरै राम्रो छ सिर्जना । तर मिर्तुको बारेमा भएकोले आहा पनि भन्न सकिन ।

    ReplyDelete
    Replies
    1. कबिता मन पराइदिनु भएको मा यहाँ लाइ हार्दिक धन्यवाद ! यहाँ हरुकै माया, सल्लाहा र उत्प्रेणा ले नै मेरो साहित्य यात्रा अगाडी बढाएको छ ।

      Delete
  2. haha :) good write up :)) हिजो आज मलाई
    मिर्तु भन्दा जीवन कयौ गुना उज्यालो लागिरहेको #powerFullLine :))

    ReplyDelete