Saturday, April 2, 2011

म र मिर्तु

कृतिम सपनाहरुलाई तिलान्जली दिदै
मिर्तुलाई आफ्नै घरमा बसेर कुरीरहे
सयौ पत्रहरु पठाय
उ आउँदै आएन
म मिर्तुलाई आफ्नो बनाउन चाहन्थे
म मिर्तुलाई आलिगन गर्न चाहन्थे
उसैलाई भेटेर
उसैमा लिन हुन चाहन्थे
तर
मिर्तु भने
सधैं म देखेर सुइकुच्चा ठोक्यो
जब म
आफ्नै दुनियाँमा मस्त हुँदै
मिर्तुलाई बिर्सिसकेकी थिए
अचानक उ आज
झ्यालबाट मलाई चियाइ रहेकोछ
मलाई जिस्काइरहेको छ
मैले उसलाई कयौ पटक भेट्न खोज्दा
उ अटेरी बनेर
मलाई नदेखेझै गरी दौडी रह्यो
बरु सुटुक्क मेरो छिमेकीकोमा पस्यो
मलाई बेवास्था गर्दै
तर अहिले म
उसलाई भुल्दै
टाढा टाढा हुँदै थिए
आफ्नै छुट्टै दुनियाँ बनाउदै थिए अचानक
उ मेरो नजिक नजिक
आउँदै छ
हिजो आज मलाई
मिर्तु भन्दा जीवन
क यौ गुना उज्यालो लागिरहेको छ
अफसोच
म मिर्तु सँग
भागेर पनि भागन सक्दिन
जीवन मागेर पनि पाउन सक्दिन

No comments:

Post a Comment