Saturday, April 23, 2011

गजल

कसै सँग माया मेरो बस्ला बस्ला जस्तो भाछ ।
बिनाबादल आज पानी खस्ला खस्ला जस्तो भाछ ।

वारी पारी बाट नजर हानाहान मात्र भाको
त्यो नजरले किन किन डस्ला डस्ला जस्तो भाछ ।

उथल पुथल भयो मन कता कता काउकुति 
अन्जान मित्र यो दिलमा पस्ला पस्ला जस्तो भाछ ।

असिना झै बर्स्यो माया थाहा पत्तो नपाईकन
उस्ले मलाई अगालोमा कस्ला कस्ला जस्तो भाछ ।

बोल्न केही भ्याकै छैन चिनजानी परै जाओस
तर पनि मनको माला गास्ला गास्ला जस्तो भाछ  ।

No comments:

Post a Comment