Saturday, April 2, 2011

म आउँदै छु

पुराना ति स्मृतीलाई
 भुल्दै भुल्दै
 बाबा
मैले एउटा प्रयाश गरे
 यसपाली को दसैंमा आशिर्बाद थाप्न आउ
 ओइलाएका ति पुस्पहरु लाई
 गमलामा एक निमेष नियाले
 उनिहरु पनि चुपचाप थिए
 बर्षौ पछीको  बाबु छोरीको भेट परिकल्पना गर्दै
 कल्पीरहेको यो मन
  खै?
 फेरी कता गएर भाचियो पत्तै पाइन
जुग भएछ
बाबाको माया बाट ओझेल परेको 
 थाम्नै नसकिने गरी झरेयो अश्रुधारा आँखाबाट
 असक्त यो मन चोटैचोटका खोटहरु सँग
फेरी सम्झौता गरे

सानो छदा
 बाबाले किनीदिएको घागर
 दिदी बहिनी मिलेर
  सारा गाउलेलाई देखौदै हिंडेको
 हिजो जस्तै लाग्छ
 म सम्झीरहन्छु
ति पल हरु
 मलाई चिमोटी रहन्छ 
 ति यादहरुले
टिका सिधाए पछी
 दिद बहिनी जम्मा भएर
 राता नोठ हरु गनेको
झल्झली सम्झन्छु
बाबाको ओतमा
 आड लागेका सपनाहरु
 ठुलि भएपछी केलाउदै
एकोहोरो घोत्लिरहेकी छु
 बाबाको न्यानो काख
बिरानो भएको धेरै बर्ष पछी
 यो मनभित्र गाठो कसेर
 म आज फर्कदै छु
उहि पुरनो गाउ
 हो बाबा
यस्पालिको दसैंमा 
 म आशिर्बाद थाप्न आउँदै छु ।

No comments:

Post a Comment