Tuesday, February 28, 2012

गजल


हात जोडी बैरिकोमा कति धाउछौ तिमी  
यती प्यारो मातृभुमी कहाँ पाउछौ तिमी

सुन्दर शान्त नेपाललाइ खेल भुमी बनाएर 
दोसै दोसको भाषणमा कति धाउछौ तिमी

दन्दनी आगो आज आफ्नै घरमा लगाएर
गौथली को गीत फेरी कति गाउछौ तिमी

रेटी रेटी तरबार ले जनताको सपनलाई
टुक्रै टुक्रा देश पारी कति पाउछौ तिमी

बिदेसीको पोल्टामा रास्ट्रीयता लाइ सुम्पिएर 
आफ्नै झन्डा जलाएर  के सजाउछौ तिमी

Saturday, February 25, 2012

म र मृत्यु


कृतिम सपनाहरुलाई तिलान्जली दिदै
मिर्तुलाई आफ्नै घरमा बसेर कुरीरहे
सयौ पत्रहरु पठाय
आउँदै आएन
मिर्तुलाई आफ्नो बनाउन चाहन्थे
मिर्तुलाई आलिगन गर्न चाहन्थे
उसैलाई भेटेर
उसैमा लिन हुन चाहन्थे
तर
मिर्तु भने
सधैं देखेर सुइकुच्चा ठोक्यो
जब
आफ्नै दुनियाँमा मस्त हुँदै
मिर्तुलाई बिर्सिसकेकी थिए
अचानक आज
झ्यालबाट मलाई चियाइ रहेकोछ
मलाई जिस्काइरहेको
मैले उसलाई कयौ पटक भेट्न खोज्दा
अटेरी बनेर
मलाई नदेखेझै गरी दौडी रह्यो
बरु सुटुक्क मेरो छिमेकीकोमा पस्यो
मलाई बेवास्था गर्दै
तर अहिले
उसलाई भुल्दै
टाढा टाढा हुँदै थिए
आफ्नै छुट्टै दुनियाँ बनाउदै थिए अचानक
मेरो नजिक नजिक
आउँदै
हिजो आज मलाई
मिर्तु भन्दा जीवन
यौ गुना उज्यालो लागिरहेको
अफसोच
मिर्तु सँग
भागेर पनि भागन सक्दिन
जीवन मागेर पनि पाउन सक्दिन

Thursday, February 23, 2012

यो शहर

यो सपनाको शहर भित्र
सागुरो गल्ली सँग ठोकिदै 
खुम्चिएको सपना बोकेर
कहिले यता
कहिले उता
छाम छाम छुम छुम गर्दै
लौरी टेकेको कयौ बर्ष भएछ 

 कति आए बास बस्न यहाँ
कति आए गास टिप्न यहाँ
खै कहाँ बाट आए कहाँ बाट
मलिनो अनुहार लिएर आए
बाच्नुको रित्तो आकाक्षा
झुण्डिएको मौन लक्ष्य 
सुनिरहेछु
प्रत्यक पल
उनिहरुको खुइया

आफ्नै भावना बेच्न 
आफ्नै सपना बेच्न 
आफ्नै कल्पना बेच्न 
दौडधुप छ यहाँ
सडकका किनार किनारमा 
अध्यारा परिचय लिएर
निबस्त्र ढुकिरहेका छन
आफ्नै भबिस्य

प्रत्यक पाइला चलाऊछन 
उहि दिग्दारी सँगै
धिक्कारछन दाहिने हातले आँफैलाई
अनि पलभरमै पुरिन्छन खाल्टोमा
तर
के थाहा उनिहरुलाई
सुनसान यो शहरमा
मानिस पनि बेचिन्छ भनेर

Sunday, February 12, 2012

गजल

तिमी सँगै बिताएको रात हो यो पहिलो
हासी हासी समाएको हात हो यो पहिलो

थोरै सकोच थोरै डर मन भित्र कता कता 
भेल सरि उर्लिएको मात हो यो पहिलो

नजर सँग नजर मिलाई इसारामा बोल्दा
जीवनकै मिठो मिठो साथ हो यो पहिलो

एक अर्कामा बधिएर स्वप्न बगैचा मा 
न्यानो न्यानो मायाको खात हो पहिलो

दिल भित्र चौतारिमा बास तिम्ले बसे पछी 
हाम्रो प्रितको कोमल कोमल पात हो यो पहिलो

Saturday, February 11, 2012

म, नयाँ मिडिया र सामाजिक सञ्जाल

नयाँ मिडिया र सामाजिक सञ्जालको लोकप्रीय्तासँगै मैले पनि यो दुनियाँमा आफुलाई परिचित बनाउदै लाने प्रयास गर्दैछु । म ट्वीटरमा हिजोदेखि प्रवेश गरे । धेरै जानेकी छैन । सिक्दै छु साथीहरुको सहयोगमा । मेरो रिपोर्टमा पनि मैले सदस्यता खोले । यहाँ रहेर पनि समाज सुधारका लागि सहयोग पुग्ने बिभिन्न सवालहरुमा छलफल गर्न सजिलोका लागि पनि अनलाईनको दुनियाँमा उपलब्ध अवसरहरुलाई ग्रहण गर्न सक्नुपर्ने रहेछ भन्ने लाग्छ ।