Friday, July 27, 2012

नियाली रहेछु

हिजो यहि खुल्ला आकाशमा
तिम्रो खबर लिन उडेका
एकजोडि परेवा
काँही कतै नभेटिए पछि  
निन्याउरो यो मन 
आफ्नै बशमा छैन आज
थाकेका यि शरिर बोकि
धर्ती टेक्न खोज्दा
कम्पित मेरा खुट्टाहरु
चलमलाउन छोडेपछि
अन्यौल ग्रस्त 
अध्याँरो कोठाको झ्याल बाट 
म निसब्ध नियाली रहेछु 
मेरो भोली अनि मेरो भबिस्य 

Sunday, July 15, 2012

प्रश्न

न्यानो घामले चिहायो
आज उहि उजाड मरुभुमी    
मिथ्याहा हो भन्दै
दौडिएर एकजोडी परेवाहरु
तर
वासुरीको धुनमा एउटा सिङ्गो सम्झना
आज एका एक हराइरहेको छ
उहि मुर्दा सरी आफ्नो भविष्य
वोकेर क्यानभाषमा उतारेको
आफ्नै प्रतिविम्व संगै भलाकुसारी गर्दै
निवस्त्र
अल्मल्लिएमा पाइलाहरु चाल्दै
मेरी आमा
मलाई प्रश्न गरिरहेकी छिन् ।
छोरी
हिजो हाम्रो समाचार ल्याउने
एकजोडी परेवाहरु कता गए ?
फेरी अर्को प्रश्न
छोरी
सुनसान यो वस्तीमा
हामी कस्का लागि ?

यो अध्यारो भित्र हामी किन ?
म मौन वसेँ
मेरी आमा पनि मौन
त्यो न्यानो घाम
एकाएक भागेको समाचार
न मैले देखेँ
न मेरी आमाले
तर
किन किन
प्रश्न एकनाशले गुञ्जिरहेको छ
म माथी
आज पनि !!!