Sunday, March 18, 2012

नजोडीएको साईनो


         नमस्कार !  तपाई आराम हुनुहुन्छ ?  परिचित आवाज मेरो कान सम्म ठोक्किन आईपुग्यो  निसब्ध  भएँ उस्लाई तत्काल उत्तर दिनको लागि संग कुनै शब्द नै थिएन आजभोलि यस्तै हाजारौं प्रस्नहरु नमिल्ने गरि तेर्सिनेगरेको मेरो अघि पछि
प्राय जसो मन भुलाउने बाहनामा एकान्त ठाउँ पुगिरहेकि हुन्छु एक्लै एक्लै साँझ बिहान कहिले काहि उहि पुरानै ठाउँ भृकुटिमण्डप धाउने गर्छु पुराना यादहरु ताजा गर्नका लागि यो त्यहि ठाउँ हो जहाँ बिक्रान्त मलाई फुर्सद हुने बित्तिकै बोलाउने गर्थ्यो हामि घण्टौं सम्म पनि गफ्फिने गर्थ्यौ
बिक्रान्त मेरो असल मित्र, जस्लाई मेरो मनको कुनै पनि कुरा निर्धक्क संग भन्न सक्छु चाहे त्यो दुख सुख को कुरानै किन नहोस्
जति खुसि हुन्छु उस्लाई भेट्दा त्यो भन्दा नि बढि रामाएको हुन्छ मलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा
आज आइतबार उस्ले निम्तो दिएको मालाइ कफि पिउन आउनको लागि कुनै कुनै बाहना बनाएर मलाइ भेटिरहन चाहन्छ सायद हाम्रो मित्रता गहिरो भएर पनि हुन हुनसक्छ उस्को निम्तो लाई स्विकार्दै उसैले बोलाएको ठाउँमा पुगें तर तोकिएको समय भन्दा अलि ढिला त्यसैले होला अलि ठुस्किएको जस्तो देखिन्थ्यो म्याडम आइपुग्नु भयो? खिस्स हाँसे फेरि बोल्यो "हुनत ब्यस्त मान्छे समय मिलाउदा मिलाउदै ढिला भो होला हैन?" एक टकले उस्को आँखामा हेरिरहें केहि छिन्मै उस्को रिश साम्य भयो
कफि संगै हामि धेरै बेर गफियौं कहिले जिबनका कुरामा कहिले जगत का कुराहरुमा गफको सिलसिलामा ३्४ कप कफि सकिएको पत्तै भएन दिन छोट्टिंदै गर्दा हाम्रो गफ भने झन् झन् लम्बिदै गैरहेको थियो
बिक्रान्त परिवार भएको मन्छे उस्को घरमा छोरा छोरि अर्धाङ्गिनिले बाटो कुरेर बसिरहेका हुन्छन् मिठा मिठा परिकार बनाएर आफु एक्लो मान्छे मात्र खाली कोठा र चिसो ओछ्यानले ढुकेर बसेको हुन्छ संधै संधै किन ढिलो आइस् भन्छ किन भोकै सुतिस् भन्छ र पनि म बचेँको छु आज सम्म । हामि भित्रको प्रेम भाव एकार्कालाई थाहा पनि आज सम्म ब्यक्त दुबैले गरेका छैनौं
कहिले काँहि बिक्रान्त ठट्यौलिमा भन्ने गर्छ "कञ्चन् हामिले भेट्न धेरै ढिला गरेछौं नत्र   " उस्को आँखामा माया पिडा दुबै बराबरि झल्किन्थ्यो उस्को हरेक ब्यबहारले प्रष्ट देखाउथ्यो कि मलाई कत्ति सम्मान गर्छ आफ्नो ठान्छ भन्ने कुरा
अलि अलि साहित्यमा पनि कलम पनि चलाउने गर्छु यो बिक्रान्तलाई राम्रो संग थाछ मलाई राम्रो साहित्यकार पनि मान्छ बेला बेलामा बिक्रन्त प्रष्न गर्ने गर्छ -"कञचन तिमि सधैं किन भावुक कबिता मात्र लेख्छौ? तिम्रा शब्दहरु पढेर कयौं पटक मेरा आँखा रसाएका छन् बिक्रान्तको प्रश्नको उत्तर यो पटक पनि मसंग थिएन आफै भावुक बन्न पुगेछु उचालिएको कफिको कप पनि टेबलमै ठोक्किन पुगेछ त्यो दिन हामि कुनै नयाँ ठाउँमा थियौं सुन्दर रमाइलो बाताबरणमा रमाइरहेका हामि एकै छिन मा सुन्य हुन पुग्यौं ।
यति छिट्टै कुनै परपुरुस्ष संग नजिक नहुनु पर्ने हो तर भावना र आत्मा मिले पछि हुने समधुर सम्बन्धको लागि कुनै समय र बर्ष काट्नु पर्दैन भन्नेको उदाहरण पनि हो यो ।
"कञचन  अरु के खान्छौ? साँचि तिमिलाई के के मन पर्छ रे? बिक्रान्तको मिठो आवाजमा यो प्रश्न सुनेर दङ्ग भएकि म के के पो मन पर्छ खै? लजा उल्टै प्रश्न गरिदिएं । प्रश्न संग संगै हामि दुनै जना धक फुकाएर जोडले हाँस्यौं । बिक्रान्तको हाँसो निकै मिठो छ तनाबको बेलामा औसधिको काम गर्छ त्यो हाँसोले ।
हामिले त्यो साँझ आफ्ना धेरै जिबनका ब्यक्त्तिगत कुराहरु पनि साँट्यौ जुन फिल्मको कहानि सुनेको जस्तै लाग्यो रे बिक्रान्तलाई । केहि कुराले हसाए हामिलाई केहिकुराले रुवाए पनि । बिक्रान्त केहि बेर बोल्दै नबोलि एकोहोरो मलाई मात्र हेरिरह्यो । सुन्दर फुललाई कसैले नराम्रो भन्यो भने पत्याउन सायद कमैलाई गाह्रो हुन्छ आज बिक्रान्तलाई त्यस्तै भएको छ ।
हामि धेरै समय नै मौन रह्यौं । बाहिर अध्यारो निकै बढिसकेको थियो र पनि कुनै हत्तार थिएन दुबैलाई ।" हाम्रो होटेल बन्द हुने समय भयो सर" एक्कसि आएको आवाजले हाम्रो मौनता भङ्ग गर्‍यो । दुबैको आँखामा आशुको केहि हिंस्सा अझै बाकिनै थियो मन नलागि नलागि निस्कियौ र मौन मौन मै आ-आफ्नो बाटो लाग्यौं हामि । कोठामा पुग्दा निकै ढिला भैसकेको थियो बस नपाएर हिडेर नै जानु पर्‍यो त्यसैले पनि होला अलि अलि थाकेको पनि थिएँ म ।

आज कस्तो अनौठो लागिरहेको छ । गर्दै नगरेको गल्तिको पश्चाताप गरेर फेरि अर्को गल्ति गर्दैथिए म थाहा छैन किन यस्तो हुँदैछ आजभोलि र किन यस्तो नचाहिने सोच्दै छु म ।
निन्द्रा नलागेर कोल्टे फेर्दै थिएँ मोबाइलमा म्यासेज आयो " प्रिय कञचन आजको भेटले मलाई थप पाठ सिकाएको छ । आफ्नो स्वास्थ्यको राम्रो संग ख्याल राख्नु । कुनै समय मेरो आवश्यकता पर्‍यो भने निर्धक्क साथ भन्नु म जहाँ भए पनि तिमि सम्म आईपुग्ने छु ।"

यहि म्यासेज र त्यहि मिठा पलहरु म संग अहिले सुरक्षित छन् सम्झनामा । त्यो भेट पछि अहिले सम्म अर्को भेट हुन सकेको छैन हाम्रो र पनि हामि त्यतिकै नजिक छौं जति पहिला थियौं । समय बद्लियो,शहरका मान्छेहरु फेरिए र पनि बिक्रान्त अझै उस्तै छ ।


3 comments:

  1. मैले फोन गर्दा जहिले पनि भृकुटी मण्डप मा छु भन्ने उत्तरको रहस्य त यो पढेपछि पो थाहा लाग्यो.....
    विक्रान्त ((.....को हो यो?...)) को मात्रै हैन मेरो पनि अनुरोध आफ्नो स्वास्थ्यको ख्याल गर्नु है.!!!

    ReplyDelete
  2. कुनै कुनै साइनोहरु नजोडिएर पनि अमर हुन्छ । विक्रान्तसँग नजोडिइको साइनोले पनि मनको कुनै कुनामा डेरा जमाएकै रहेछ । कथा राम्रो लाग्यो ।

    ReplyDelete
  3. धेरै राम्रो, साइनो जो सँग जसरी जोडियोस् नजोडियोस् त्यसलाई आत्मासाथ गर्न सक्नु र सम्मान गर्नु महत्वपुर्ण कुरा हो । यि कथाका पात्रहरुले त्यसलाई आत्मसाथ गर्न खोजेका रहेछन् । प्रयास राम्रो छ ।

    ReplyDelete