Thursday, January 5, 2012

गजल

भन्छन एक्लै कसरी बाचिरछेस् उर्मिला
आसु पिइ कसरी  हासिराछेस्  उर्मिला  

उपनामका  धेरै  पदबी   लिदै      लिदै 
आफुलाई कसरी जाचिराछेस् उर्मिला

बैमानीका  आँखामा  बैरी  नै  बनेर
औंला औंला कसरी भाचिराछेस् उर्मिला

खाली  सिउदो हेरी अड्कल काट्ने बिच  
बिन्दास भै कसरी नाचिराछेस् उर्मिला

उमेर को जोड  घटाउ  बजारमा  सुन्दै
बैसको मात कस्लाई साचिराछेस् उर्मिला

1 comment:

  1. बिन्दास शब्दको सट्टा अरू केही समभावको शब्द प्रयोग हुन पाए जाती हुन्थ्यो कि?

    ReplyDelete