भन्छन एक्लै कसरी बाचिरछेस् उर्मिला ।
आसु पिइ कसरी हासिराछेस् उर्मिला ।
उपनामका धेरै पदबी लिदै लिदै
आफुलाई कसरी जाचिराछेस् उर्मिला ।
बैमानीका आँखामा बैरी नै बनेर
औंला औंला कसरी भाचिराछेस् उर्मिला ।
खाली सिउदो हेरी अड्कल काट्ने बिच
बिन्दास भै कसरी नाचिराछेस् उर्मिला ।
उमेर को जोड घटाउ बजारमा सुन्दै
बैसको मात कस्लाई साचिराछेस् उर्मिला ।