Thursday, May 24, 2012

नजोडिएको साइनो - भाग दुई (२)

           धेरै दिन पछि आज बिहानै मैले बिक्रान्तलाई रत्नपार्कमा भेटें । उ आफ्ना छोरा छोरि र आफ्नि अर्धाङ्गिनि संगै थियो । गुपचुप देखिन्थ्यो थाहा छैन के भएको छ । धेरै समय पछि देखेको कारणले होला म भित्र एक किसिमको ढ्याङ्ग्रो बजिरहेको अनुभब मैले गरिरहेको थिएँ ।
म चाहन्थें एकनासले उनैलाई हेरिरहुँ अफसोच त्यो चाहना चाहनै मात्र रह्यो । म सक्दिन उस्को नजिक हुन । म सक्दिन मन भित्रका उतार चडावहरु खुलस्त भन्न तर धेरै समय पछिको भेट नै काफि थियो मेरो लागि ।

मलाइ देख्ने बित्तिकै टाढै बाट बिक्रान्त मुसुमुसु हास्यो र हातको इसाराले आफु तिरै डाक्यो - कञ्चन यतै आउ न । म दोधारमा परें जाउँ या नजाउँ तर मनले कहाँ मान्छ र लुरुलुरु उस्कै समिपमा गएँ ।

कञ्चन उनि मेरि अर्धाङ्गिनि समिक्षा , अनि ठुलि छोरि अर्पिता र छोरा प्रणव । उस्ले राम्रै संग चिनाजानि गरायो । मैले पनि हाँसि हाँसि बोलिदिएँ नमस्कार सँगै ।

थाहा छैन किन, सधै झैं म आज खुलेर बिक्रान्त सँग बोल्न सकिरहेकि छैन न उस्को अनुहार हेरर हाँस्न नै । सायद मलाइ जस्तै आज उस्लाइ पनि पक्कै भएको छ त्यसैले त उ हडबडाउदै के के बोल्दै छ । कहिले आफ्नि अर्धाङिनि तर्फ हेर्दै त कहिले आफ्नै बालबच्चा तिर हेर्दै । उ फेरि भन्छ, समिक्षा कञ्चन मेरि असाध्यै मिल्ने साथि हो ।

उनि मेरो १० बर्ष अगाडि देखिको पुरानो साथि । हाम्रो पहिलो भेट पोखराको एउटा रिसोर्टमा भएको थियो कार्यक्रमको सिलसिलामा । बास्तबमा भन्ने नै हो भने उन्को मधुर आवाजले नै हामिलाइ नजिक ल्याएको थियो । कार्यक्रमको अन्त्यमा गित गजल गाएकि थिइन् उन्ले ।

बिक्रान्तको कुरा नटुङ्गिदै समिक्षाले कुरा थपिन्- हिजो बेलुकामात्र तपाइको कुरा गर्नु भएको थियो उहाँले आजै भेट हुन रहेछ ।

उन्को आवाज सुनेर लाग्थ्यो उनिहरु अलि हत्तारम छन् । बिक्रान्त केहि नबोलेर पनि धेरै कुरा गर्दै थियो मनसँग सायद उ एक्लै भेट्न चान्थ्यो मलाइ अनि भन्न बाँकि धेरै कुरा सुनाउन चाहन्थ्यो ।

मलाइ पनि त्यति सहज भएको थिएन आज । साच्चै भन्ने हो भने मलाइ कहिले छुट्टिउँ भएको थियो उनिहरुसँग ।

आज फेरि मलाइ बिक्रान्तले भनेको उहि कुराको याद आयो । कञ्चन तिम्रो र मेरो भेट हुनु अलि ढिला भयो नत्र तिमिलाइ नै मेरि अर्धाङ्गिनि बनाउथें । उस्ले ठट्टा गर्दै बोलेको कुरा हो , तर मलाइ भने उस्ले भित्री मनबाटै बोलेको जस्तै लागिरहन्छ सधैं । हामि बिच न धेरै कुराकानि हुन्छ न भेट घाट नै र पनि धेरै नजिक छौं हामि एक अर्काको ।

उ बारम्बार मसंगको कुराकानिमा समिक्षाको नाम लिइरहन्छ । हो उ आफ्नि अर्धाङ्गिनिलाइ धेरै प्रेम गर्छ आफुलाइ भन्दा पनि बढि त्यसैले त उ सधैं खुसि देखिन्छ अनि सुखि ।

हरेक भेट हाम्रो लागि अपुग हुन्थ्यो । समय कति चाँडै सकिन्थ्यो पत्तै हुन्न थ्यो । कफि चिसो हुँदा सम्म पनि हामि गफ्फिदै हुन्थौं । बास्तबमा म मनै देखि खुसि हुन्थें बिक्रान्तलाइ आफु सामु पाउँदा ।

बुद्दु छ बिक्रान्त । कहिले काँहि गालि गर्दा मैले बुद्धु भनेर कराउँछु तर उ मुसुक्क हाँसेर टारिदिन्छ । मलाइ त्यो दिनको धेरै याद छ । जुन दिन हामि खोलाको किनारामा बसेर राति अबेर सम्म ताराहरु गन्दै आ-आफ्ना तिता मिठा गफहरु गरेका थियौं । अनि बिक्रान्त अलि भाबुक बन्दै जाँदा मैले उस्को हात समातेर भनेको थिएँ । बिक्रान्त -तिमी पहिलो जुनिमा पनि मेरै साथि थियौ होला है ? यतिकै मिल्ने अनि यति धेरै माया गर्ने ।

बिक्रान्त को मौन समर्थन देख्दा लाग्थ्यो उ पनि यस्तै के सोच्दै थियो मन मनै । त्यो समय देखि हाम्रो भेट भृकुटि मण्डपमा लक्ष्मि दिदि को चिया पसलमा मात्रै हुने गरेको छ । र हिजो आज त्यहि भेट पनि पातलिदै गएको छ सायद, हामि दुबैको ब्यस्तकाको कारणले पनि होला ।

उ मेरो धेरै नजिक छ र पनि मलाइ उस्को नजिक जान किन किन डर लाग्छ । "प्रेम गरेको हरेक बस्तु प्रिय हुन्छन्" तर ति सबै सधैं साथमै हुनु पर्छ भन्ने पनि छैन । टाढै बाट पनि निकटताको महसुस गर्न सकिन्छ । मलाइ लाग्छ - सुन्दर सपना, सुन्दर बस्तुहरु र सुन्दर देखिने सबै चिजहरु क्षणिक हुन् तिनिहरुले थोरै खुसि र धेरै पिडाहरु दिन्छन् त्यसैले त्यस्को पछि लाग्नुको कुनै अर्थ छैन ।

कञ्चन, अब हामि हिड्छौं । एकजना नातेदारको घरमा सानो भोज छ आज समयमै पुगिएन भने फेरि भनाई खानु पर्छ साथिभाइको । बिक्रान्त धेरै मेहेनति छ अनि सरल पनि उस्तै छ । उस्को अर्धाङ्गिनि पनि लाग्यो बिक्रान्त भन्दा केहि फरक छैन ।

हामि छुटियौं मन बाट हैन मात्र भौतिक शरिरबाट । कस्तो सम्बन्ध हो यो ? म मनमनै सोच्दै थिएं । संगै हुँन पनि नसक्ने र छुट्न पनि नसक्ने ।

बिक्रान्तलाइ टाढा पुगुन्जेल सम्म हेरिरहें । कत्ति खुसि छ उ आज छोरा छोरि संग । पक्कै पनि धेरै लामो समय पछि यसरि हिडेको छ उ स-परिवारसंगै खुसि साँट्दै । मैले पनि मन मनै खुसि बाँडे बिक्रान्त सँग त्यसैले त धेरै दिन देखि गरुङ्गो भएको मन आज हलुको भएको छ । काँडै झिके जस्तो ।

यहाँ हरेक कुराहरु परिबर्तन हुन्छ र भएका छन् तर बिक्रान्त आज सम्म पनि उस्तै छ जस्तो उ १० बर्ष अगाडि थियो । बिक्रान्त सँधै म खुसि र सुखि रहेको सुन्न र देख्न चाहन्छ । कुनै दिन बिरामि परेको खबर सुन्यो भने मुर्छा पर्छ रे भन्थ्यो भेटमा त्यसैले त म बिरामि परेको खबर सकेसम्म उ सम्म पुग्न दिन्न । किन कि म पनि उ खुसि भएको हेर्न चाहन्छु र आफ्नो पिडा आफै एक्लै पिउन चाहन्छु सोमरस झैं गरि ।

अघि भर्खर त ठिकै थियो तर एक्कासि खै के भो के भो मलाइ । आज पटक्कै मन छैन घर फर्कने । मेरो मन अशान्ति भयो भने पशुपति नाथको मन्दिरमा पुग्ने गर्छु । जाहाँ म रमाउने गर्छु एक्लै एक्लै र भुल्ने गर्छु सबै दुख पिडा । भन्नै पर्दा एक किसिमको शान्ति मिल्छ मलाइ भित्रै देखि । हो , आज मैले त्यहि गरें । जुन कुरा गर्दा मलाइ आनन्द मिल्छ, शान्ति मिल्छ । जब म पसुपतिको ओरिपरि घुम्छु । त्यहाँको हरेक बस्तुले मलाइ बिस्तारै बिस्तारै छुन्छ अनि म त्यस्मै लिन हुन पुग्छु ।

त्यहाँ जलाइ रहेका शबहरु सँग सँगै कहिले काहि लाग्छ म आफै जलिरहेछु र उडिरहेछु हावामा उहि धुवाँ बनेर कसैले छुन नसक्ने गरि पुग्छु माथि माथि धेरै माथि । कहिले कुनामा एउटा झोला च्यापेर बस्ने बुढि आमा मेरै हुन् जस्तो लाग्छ र उन्को आँखाबाट पोखिएको आँशु मेरै हो जस्तो लाग्छ । म त्यहाँ बादरको इसारामा रमाउछु , जोडिहरुको प्रेम देखेर खुसि हुन्छु अनि भगवानको समिप छु त्यसैले झन आनन्दित हुन्छु एक्लै एक्लै आफै सँग ।

मैले खुसुक्क एक दिन बिक्रान्तको फोटो मेरो मोबाइलमा कैद गरेकि थिएँ उस्ले पत्तो नपाउने गरि हो, अहिले म त्यहि तस्बिर संग एकल संवाद गरिरहेकि छु । अचानक भएको भेट । समयको अभाव । आफ्नि अर्धाङ्गिनि सँगै छोरा छोरि को साथमा बिक्रान्त । शहरका गल्लि गल्लिमा धेरै मिठा सपना बाड्ने हरु भेटिन्छन् यहाँ तर बिक्रान्त जस्तो ब्यक्ति कोहि भेटिन्नन् यो स्वार्थि शहरमा । त्यसैले त बिक्रान्त अरु भन्दा धेरै फरक छ ।

हाम्रो साइनो मिठो छ तर यो साइनोको नाम दिन आज सम्म पनि सकेको छैनौं हामि दुबैले । सायद, जिबन भर सकिन्न पनि होला । हृदय भित्र अमिट भएर बस्ने छ सँधै सँधै ।

म खोजि रहेछु अधर अधरमा अफसोच छैन म सँग बिक्रान्त । थाहा छैन कहिले काँहि त म किन यति धेरै पागल बन्छु । म मेरो खुसिको निम्ति बिक्रान्तको जिबनलाइ कहिल्यै असर गर्ने छैन । म सँधै उस्को खुसियालिको लागि भगवान सँग हात फैलाउने गर्छु । र यहि भन्छु मेरो बिक्रान्त सँधै यस्तै रहोस जस्तो उ आज सम्म छ । राम्रो मान्छेको जिवन राम्रै हुन्छ । थाहा छैन फेरि अब हाम्रो भेट कहिले हुन्छ र कहाँ तर पनि म सम्झिरहनेछु, उस्को मायाँ , म प्रतिको सम्मान । तर जिन्दगि भर म आफैले आफैलाइ प्रश्न गर्न भने कहिलै छोड्ने छैन ।

आँखिर यो कस्तो मिलन ? यो कस्तो माया ? अनि के छ हाम्रो साइनो ?

हो , बिक्रान्त कुन साइनो ले बोलाउँ म तिमिलाइ …………………..???

Friday, May 11, 2012

बन्दको यात्रा


      हाम्रो देश नेपाल अहिले संकट ग्रस्थ अवस्थामा किनकी सिङ्गो देशको नक्सा हाम्रो भबिस्यको रेखा कोर्ने समय आएको बिभिन्न माग सहित नेपाल बन्द गर्नेको ठुलो जमात कोहि जातिए राज्यको बिषय कोहि संघियताको बिषयमा, कोहि जातिय संघियताको बिरुद्दमा कोहि देशलाई जातिए रुपमा भाग लगाउन हुन्न भन्ने आवाजहरु उठाउँदै आन्दोलनरत छन्
नेपाल बन्दको दोस्रो दिन आज , मेरो बहिनि प्रमिला बहिनि सुस्मा बिशेष कामका कारण बानेश्वर हिडेर जानु पर्ने भयो ।करिब :३० तिर घरबाट बानेश्वरको यात्रा तय गरियो कलंकि बाट कालिमाटि , कालिमाटि बाट तृपुरेश्वर हुंदै थापाथलिको बाटो तर्फ हिड्दै थियौं
बाटोमा पानि प्यास लाग्यो बहिनि प्रमिलालाई बन्दको दिन भनिएता पनि पानि किन्नलाइ खासै मेहनत गर्नु परेन ।साना तिना पसल खुल्ला नै थिए पानि पिउँदै अनि गफ्फिदै हामि अगाडि बढ्यौं धेरै समय पछि खुल्ला बाटो हिड्न पाउँदा निकै रमाईलो भै रहेको थियो बाटोको एउटा कुनामा बुढि आमाले मकै, बदाम,भटमास, केराउ, चानाहरु बेचेको देखेर हामि पनि त्यतैतिर लम्कियौं केराउ चना किनेर खुल्ला सडकमा आनन्द लिदै खादै हिड्दै थियौं थापाथलि चोक पुग्नै लाग्दा चना केराउ बहिनि सुस्माको हातमा थियो त्यो देखेर एउटा बाँदर झम्टेर आयो बहिलि आत्तिएर चिच्चाइ भोकाएको बेलामा मान्छेले मान्छेको मासु खान्छ भने बाँदर जनावर नै पर्यो
मलाइ पनि केहि डर लागेको थियो तर बाँदर बहिनिलाई छुट्याउने मेरो प्रयास सफल भयो तर उत्त बाँदरले मलाई समेत आक्रमण गर्यो खासै ठुलो चोट लागेन तर पनि रेबिज लाग्ने डरका कारण प्रमिलाले थापाथलि प्रसुति गृह नजिकैको मेडिकलम लगि टि-टि सुई लगाइयो
सडक भरि बच्चाहरु आनन्द संग खेलिरहेका थिए बच्चाहरु रमाएर खेलेको हेर्न धेरै मन पराउंछु साथै उनिहरुसंग खेल्न पनि तर खेल्ने समय मेरो थिएन भित्र भित्र गल्लिमा आनन्द संग पसलहरु खुलेका अनि ढुक्कका साथ सवारि साधनहरु चलाएको देख्न सकिन्थ्यो धुवाँ, धुलो,ध्वनि प्रदुषण खासै थिएन
हामि केहि समय प्रसुति गृह पनि छिर्यौं , त्यहा मेरो साथिलाइ भर्ना गरेर राखेको थियो अघिल्लो दिन पनि बन्दको कारणले भेट्न जान पाएको थिइन तर कमकै बाहनामा हिड्दा पनि भेट्न पाएँ धेरै खुसि लाग्यो प्रमिला बहिनिको कामको कारण हामि छिटो भन्दा छिटो बानेश्वर पुग्नु पर्ने थियो एउटा मित्रको टेलिफोनको आधारमा थापाथलिको भित्र भित्रै बबरमहल निस्कियौं घामको चर्को राप हिडाइ उस्तै थियो बाटोमा हिड्दै गर्दा मेरि कान्छि बहिनि  रश्मिलाले फोन गरेर सानो सोरले भनि "दिदि आज मेरो डबल ड्युटि छ,आउन अलि ढिला हुन्छ है" बन्दका कारणले कर्मचारिहरु पनि कार्यस्थलमा कम पुग्छन् । मेरि बहिनि स्टाफ नर्श हो त्यसैले पनि होला उस्को बिदा छ भन्ने कुरा सुन्नै गाह्रो हुन्छ हामिलाइ । उस्लाई पनि रहर त लाग्दो हो परिवार संग बसेर रमाइलो गर्ने तर पेशा को कारण त्यति सहजता थिएन ।
प्रमिलाले बाटोमा जे भेट्यो त्यस्लाई फुटबल बनाउँदै खेल्दै हिडिरहेकि थिइ बिल्कुलै बच्चा जस्तै ।
पनि खुब मज्जा लिइ रहेकि थिएँ सुस्मा भने हाँस्ने सिवाए अरु केहि गर्दिन थिइ उस्ले बोलेको  त्यती  धेरै सुन्नै पाईदैन थियो जे होस हामि सुख दुखका साथ बानेश्वर पुग्यौं हामि करिब सांडे घण्टा लगाएर बानेश्वर पुगेका थियौं थकित को कुरै नगरौं, सुई लगाएको कारण हात चलाउनै नसक्ने भैसकेको थियो  संगै ताप पनि उस्तै बानेश्वोरम केहि साथिहरु संगको भलाकुसारि पछि हामि आफ्नै काम तिर लाग्यौं बानेश्वर सबैको केन्द्र बिन्दु हिजो आज त्यहा सबै नेताहरुको जमघट बढेको जातिय मुद्दामा देश बलिरहेको अबस्थामा संबिधान सभा भवन बाहिर केहि युवा हरुको जमात नया सांबिधानलाइ स्वागत भन्ने ब्यानर बोकेर बसिरहेका थिए

कति धेरै चिन्तित थिए ति युवाहरु राम्रो संग उनिहरुका अनुहार पढ्न सकिन्थ्यो ।चौतर्फि बिरोध भैरहेको अबस्थामा ति युवा जमातहरु बन्ने संबिधानमा आफ्नो भबिस्य सुनिस्चित भन्ने मनोबैज्ञ्यानिक सोचमा बसिरहेकाछन् प्रमिला सुस्मा पनि सहभागि हुन पुगे त्यहाँ युवाहरु जोसिलो पारामा गितहरु पनि गाउदै थिए गाउँ गाउँ बाट उठ,बस्ति बस्ति बाट उठ,नयाँ संबिधानलाइ स्वागत गर्न उठ, पनको पात नया संबिधानलाई स्वागत गरौं जेठ १४ सलल भन्दै रमाइलो गर्दै थिए गित सुनेर उनिहरुको उत्साह देखेर मेरो आँखा भरि आँसु टिल्बिलियो त्यहाँ खासै रुन सकिन यदि घरमा थिएँ भने डाको छोडेर चाहि रुन्थे
समग्रमा जे जे भए पनि आजको मज्जा छुट्टै थियो बन्द भएकोमा खुसि भएको हैन आफ्नो हिडाइ प्रति चरम सन्तुस्टि हो बानेश्वर पुग्दै गर्दा धेरै साथिहरुको फोन म्यासेज आयो तय्हि फोन म्यासेज संग आफ्नै किसिमले रमाएँ बाँदरको आक्रमण बाहेक सबै कुराहरु राम्रै रहे बहिनि प्रमिलाको काम पनि फत्ते भयो अनि युवाहरुको जोश जाँगर पनि राम्रो संग हेरें सबै जना - आफ्नो धुनमा थिए तछाड मछाड गर्दै घर् फर्कदै कोहि मित्रहरु भेट्न जाँदै कोहि रातृ समयको काम मा दौडिदै थिए एकनासले नियाले सडकको पेटिमा बसेर यो संसार बिचित्रछ तर मेरो देशको अबस्था कस्तो हुने हो अन्यौल मा
हामि जाँदा जना थियौं तर फर्किदा दाई निलकण्ठ को पनि उपस्थिति भएको थियो सवारि साधन चलेको कारण हामि बसबाट जना घर फर्कियौं
मेरो कामना देशमा चांडै संबिधान बनोस्। राम्रो संबिधान बनोस्। हाम्रो सांबिधान बनोस् जय संबिधान

Tuesday, May 8, 2012

भेडीगोठ' जस्तो संसदको के काम ?


जेठ १४ सामुन्ने आइसक्दा संविधान निर्माणले भन्दा सरकार निर्माणले जोडतोड प्राथमिकता पाइरहेको छ । सत्ताका लागि प्रमुख राजनीतिक दलले जेजस्ता खेल खेल्दैछन्, जेजस्ता नियम बनाउँदैछन्, त्यसले राजनीतिक वृत्तमा अझै व्याप्त अविश्वास र आशंका उजागर गरेको छ । यसले आम जनमानसमा १४ जेठमा संविधान जारी हुनेमा आशंका उव्जाएको छ ।
यो आशंका तत्काल को प्रधानमन्त्री हुने ? कसले कति भाग पाउने ? भन्नेमा मात्रै सीमित छैन । इतिहासमै पहिलोपटक संविधानसभाबाट संविधान बनाउँदै गर्दाको अवस्थामा यस्ता खाले आग्रह र चिन्ता सतहमा आएका छन् । माओवादी अध्यक्ष प्रचण्डलाई चितवन कुनै पनि हालतमा अखण्ड राख्नुपर्ने स्वार्थ छ । मोर्चाका नेता विजय गच्छदारलाई मोरङ अखण्ड राख्नु पर्नेछ । यदि मोरङ टुक्रियो भने भोलि चुनाव जितिंदैन कि भन्ने छ । कांग्रेकै कतिपय नेताहरूलाई पनि यस्तै चिन्ता छ । माओवादीले प्रस्ताव गरेको १० र कांग्रेसको ७ प्रदेशको अवधारणामाथि छलफल हुँदै गर्दा नेताहरूले राख्ने गरेको चिन्ता, आफ्नो निर्वाचन क्षेत्र के हुने ? आफ्नो जिल्ला कुन प्रदेशमा पर्ने ? निर्वाचन क्षेत्र टुटेमा आफ्नो भविष्य के हुने भन्नेमा बढी केन्दि्रत भइरहेको पाइन्छ ।
राज्यको पुनर्संरचनामा मात्रै होइन, शासकीय स्वरूपमा पनि त्यस्तै खालका सोचहरू देखिएका छन् । माओवादी अध्यक्ष प्रचण्डलाई कुनै पनि हालतमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा गएमा आफू जित्छु र कम्तीमा ५ वर्ष शासन संचालन गर्छु भन्ने उद्देश्य निहित छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विरोध गर्दै आएका राजनीतिक दललाई पनि प्रचण्ड राष्ट्रपति हुन्छन् कि भन्ने फोबिया छ । राज्यको पुनर्संरचना र शासकीय स्वरूपमा सहमति जनाउनुपर्ने अन्तिम घडीमा भइरहेका यस्ता लेनदेन सत्ताकै लागि भएका दाउपेच हुन् । केही दिनअघि निर्वाचन प्रणाली अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचितको कोटामा सहमति भयो भनेर जुन संख्या बाहिर ल्याइएको छ, त्यसमा पनि नेताहरूको आ-आफ्नै स्वार्थ गाँसिएको छ । नत्र यत्रो जम्वो संसद मुलुकले धान्न सक्दैन भन्नेमा नेताहरू एकगठ हुन्थे । केन्द्रमा दुई सदनमा मात्रै ३ सय ८५ सांसद हुने हो भने प्रदेशसहित झन्डै ८ सय सांसद हुनेछन् । यत्रो जम्बो जनप्रतिनिधिको व्यवस्थापन यो मुलुकले कसरी थेग्न सक्छ ? राष्ट्रप्रति साँच्चै माया हुँदो हो भने नेताहरूले सानो आकारका व्यवस्थापिका बनाउँथे । त्यसैले यो सहमति नेताहरूका आ-आफ्नै आग्रह र स्वार्थबाट भएको हो भन्ने बुझ्न धैरै कठिन छैन । भनिन्छ, एउटा नेताले आउने चुनावमात्र हेर्छ, तर एउटा राजनेताले भविष्यको पुस्ता हेर्छ । हाम्रा नेताहरू राजनेताको भूमिकामा देखापर्न सकेनन् । केवल आउने चुनावमा आफ्नो भविष्य के हुन्छ भनेर संविधान बनाउनेतिर लाग्दैछन् । जसले समकालीन राजनीतिको नेतृत्व लिएका पुस्ताहरू असफल त हुँदैछन्, तर राजनीतिमा आफ्नो उज्ज्वल भविष्य देखेर लागेका युवाहरूलाई पनि केही गर्न नदिएर बूढो बनाउने र उनीहरूलाई असफलताकै बाटोमा पुर्‍याउने प्रपञ्च रचिएको छ ।
केही दिनयता राजधानी बाहिरको वातावरण अशान्त बन्दैछ । आफ्नो पहिचानको प्रदेश माग्दा जनकपुरमा चारजनाले ज्यान गुमाउनुपर्‍यो । मिथिला प्रदेशको माग राखेर आयोजना गरेको कार्यक्रममै त्यसलाई मन नपराउने अतिवादी समूहको बम आक्रमणमा चारजना मारिए । एक सातादेखि सुदूर पश्चिम ठप्प छ । अखण्ड सुदू्र पश्चिमको माग राखेर त्यहाँ सबै राजनीतिक दलका नेता, कार्यकर्ता एकठाउँमा उभिएका छन् । त्यस्तै अन्य ठाउँमा पनि अखण्ड जिल्लाको माग घन्काइएको छ । आदिवासी जनजातिहरू जातीय आधारमा प्रदेशको माग राख्दै आन्दोलित छन् । बाहुन, क्षत्री, सनंयासी, दशनामी पनि अहिले आन्दोलनको मोर्चामा छन् । उनीहरू जातीय प्रदेश हुनुहुँदैन भनेर आन्दोलित छन् । यसले संविधान जारी भए पनि कुनै न कुनै कोणबाट असन्तुष्टि जनाउने पक्का छ । नेताहरूले बाहिर देखिएको यो आगोको झिल्कालाई बेलैमा निभाउने उपाय खोज्नुपर्छ । त्यो उपाय भनेको बहुपहिचानको आधारमा प्रदेशको निर्माण गर्नु हो । यदि माओवादीले ल्याएको प्रस्तावअनुसार प्रदेश बनाउने हो भने त्यसले जातीय द्वन्द्वको विजारोपण गर्नेछ । एउटा जातिको पहिचानमा निर्माण भएको प्रदेशभित्र बहुसंख्या अन्य जातिले उपेक्षा महसुस गर्नेछ । त्यसले प्रत्येक प्रदेशभित्र असन्तुष्टि सृजना गर्नेछ । त्यो असन्तुष्टिले अन्ततः द्वन्द्वको रूप लिनेछ । यस अर्थमा कांग्रेसले ल्याएको बहुपहिचानको आधारको प्रदेशको प्रस्ताव सवैभन्दा उपयुक्त छ । यसमा कांग्रेसले आफ्नो अडान छाड्न हुँदैन । तत्कालीन क्रियाको प्रतिक्रिया दिने ढंगले जातीय आधारमा प्रदेश निर्माण गर्ने हो भने त्यसले सीमित केही समूहलाई खुसी त पार्ला, तर मुलुकभर बस्ने बहुसंख्यक समुदाय त्यस्तो प्रदेशको विरोधमा उत्रनेछन् । जातीय आधारमा निर्माण हुने प्रदेशमा बाहिर रहने त्यही समूहका व्यक्ति पनि असन्तुष्ट हुनेछन् । एकल जातीय आधारमा प्रदेशको निर्माण गर्दा कांग्रेसले काठमाडौं बाहिर बस्ने नेवार र गण्डकभन्दा बाहिर बस्ने गुरुङको भावना पनि बुझ्नुपर्छ । हो, नेवा प्रदेश हुँदा काठमाडौंका नेवार समुदाय खुसी होलान् । तमु प्रदेश हुँदा पोखरा र त्यस आसपासका गुरुङ समुदाय खुसी होलान् । तर नेवा प्रदेशमा बस्ने गुरुङ समुदाय र तमु प्रदेशमा बस्ने नेवार समुदायको मनोभावनालाई पनि बुझ्नुपर्छ । त्यसैले जातीय आधारमा प्रदेश निर्माण गर्न हुँदैन । तत्कालीन रूपमा केही जनजाति समूहको असन्तुष्टि बढे पनि कांग्रेसको प्रस्तावमा  देशभरका बहुसंख्यक मानिसको समर्थन हुनेछ ।
धेरै प्रदेश पनि यो मुलुकले धान्न सक्दैन । ठूलो आकारको संसद पनि हाम्रालागि बोझ नै हुन्छ । तसर्थ लेनदेन गर्ने नाममा धेरै संख्या बनाउनु हुँदैन । केन्द्रमा एउटा संसद भवनसमेत त निर्माण हुन नसकिरहेको अवस्थामा अहिले धेरै प्रदेश बनाएर, चित्रबहादुर केसीले भनेजस्तै जनप्रतिनिधिको 'भेठीगोठ' बनाएर संघीयता असफल बनाउने दिशामा जानु हुँदैन ।
लेखक नेपाली कांग्रेस महासमिति सदस्य हुन् ।

Sunday, May 6, 2012

माफ गर

निर्धक्क भएर  नौलो बिहानि सँग भलाकुसारी गर्दा 
मलाई दासी बनाउन चाहन्छ
जीवनको अर्धागिनी हैन
जुत्ता टल्काउने पालिस सोचेर
निर्दोश यो हृदयको भावलाई
बलत्कार गर्न चाहन्छ 


चाहन्छ सधैं 
बर्सो बर्ष सम्म
रातको सहयात्री बनोस्
सयौ लात सहने छाति बनोस्
बन्द कोठा भित्र सजिने 
एउटि महारानीको तस्वीर बनोस्
प्रियतम 
आँखा चिम्लेर हात्ती छाम्ने जमाना छैन
त्यसैले माफ गर 
तिम्री अर्धागिनी बन्न सक्दिन

अर्थहिन तिम्रो यात्राको
म साक्षी बन्न सक्दिन
हिउको स्पर्समा बाधिएर
मुटुको टुकुचामा परेट खेल्न चाहन्न 
एकसरो जीवनको मस्त निन्द्रामा
लुट्पुटीएको बेला
बच्चा जन्माउने उपनाममा 
प्रियतम म रम्न चाहन्न 
सधैं अज्ञात बनी
निसन्देह 
म तिम्रो अपमानको झोला बोकेर
अनवरत दौडिन सक्दिन
किनकी
सुनौलो भबिस्यको परिकल्पना सँगै
स्वतन्त्रताको वोकालतमा लडिरहेकी म 
अन्जान यो बस्तिमा
एक्लै एक्लै
अदभुत सपना बोकेर
माफ गर
मेरा प्रियतम
म तिम्री अर्धागिनी बन्न सक्दिन ।