Friday, May 11, 2012

बन्दको यात्रा


      हाम्रो देश नेपाल अहिले संकट ग्रस्थ अवस्थामा छ किनकी सिङ्गो देशको नक्सा र हाम्रो भबिस्यको रेखा कोर्ने समय आएको छ । बिभिन्न माग सहित नेपाल बन्द गर्नेको ठुलो जमात छ । कोहि जातिए राज्यको बिषय कोहि संघियताको बिषयमा, कोहि जातिय र संघियताको बिरुद्दमा त कोहि देशलाई जातिए रुपमा भाग लगाउन हुन्न भन्ने आवाजहरु उठाउँदै आन्दोलनरत छन् ।
नेपाल बन्दको दोस्रो दिन आज म, मेरो बहिनि प्रमिला र बहिनि सुस्मा बिशेष कामका कारण बानेश्वर हिडेर जानु पर्ने भयो ।करिब २:३० तिर घरबाट बानेश्वरको यात्रा तय गरियो । कलंकि बाट कालिमाटि , कालिमाटि बाट तृपुरेश्वर हुंदै थापाथलिको बाटो तर्फ हिड्दै थियौं ।
बाटोमा पानि प्यास लाग्यो बहिनि प्रमिलालाई बन्दको दिन भनिएता पनि पानि किन्नलाइ खासै मेहनत गर्नु परेन ।साना तिना पसल खुल्ला नै थिए । पानि पिउँदै अनि गफ्फिदै हामि अगाडि बढ्यौं । धेरै समय पछि खुल्ला बाटो हिड्न पाउँदा निकै रमाईलो भै रहेको थियो । बाटोको एउटा कुनामा बुढि आमाले मकै, बदाम,भटमास, केराउ, चानाहरु बेचेको देखेर हामि पनि त्यतैतिर लम्कियौं । केराउ र चना किनेर खुल्ला सडकमा आनन्द लिदै खादै हिड्दै थियौं । थापाथलि चोक पुग्नै लाग्दा चना र केराउ बहिनि सुस्माको हातमा थियो त्यो देखेर एउटा बाँदर झम्टेर आयो बहिलि आत्तिएर चिच्चाइ । भोकाएको बेलामा मान्छेले त मान्छेको मासु खान्छ भने बाँदर त जनावर नै पर्‍यो ।
मलाइ पनि केहि डर त लागेको थियो तर बाँदर र बहिनिलाई छुट्याउने मेरो प्रयास सफल त भयो तर उत्त बाँदरले मलाई समेत आक्रमण गर्‍यो । खासै ठुलो चोट त लागेन तर पनि रेबिज लाग्ने डरका कारण प्रमिलाले थापाथलि प्रसुति गृह नजिकैको मेडिकलम लगि र टि-टि सुई लगाइयो ।
सडक भरि बच्चाहरु आनन्द संग खेलिरहेका थिए । म बच्चाहरु रमाएर खेलेको हेर्न धेरै मन पराउंछु साथै उनिहरुसंग खेल्न पनि तर खेल्ने समय मेरो थिएन । भित्र भित्र गल्लिमा आनन्द संग पसलहरु खुलेका अनि ढुक्कका साथ सवारि साधनहरु चलाएको देख्न सकिन्थ्यो । धुवाँ, धुलो,ध्वनि त प्रदुषण खासै थिएन ।
हामि केहि समय प्रसुति गृह पनि छिर्‍यौं , त्यहा मेरो साथिलाइ भर्ना गरेर राखेको थियो । अघिल्लो दिन पनि बन्दको कारणले भेट्न जान पाएको थिइन तर कमकै बाहनामा हिड्दा पनि भेट्न पाएँ धेरै खुसि लाग्यो । प्रमिला बहिनिको कामको कारण हामि छिटो भन्दा छिटो बानेश्वर पुग्नु पर्ने थियो । एउटा मित्रको टेलिफोनको आधारमा थापाथलिको भित्र भित्रै बबरमहल निस्कियौं । घामको चर्को राप हिडाइ उस्तै थियो । बाटोमा हिड्दै गर्दा मेरि कान्छि बहिनि  रश्मिलाले फोन गरेर सानो सोरले भनि "दिदि आज मेरो डबल ड्युटि छ,आउन अलि ढिला हुन्छ है" बन्दका कारणले कर्मचारिहरु पनि कार्यस्थलमा कम पुग्छन् । मेरि बहिनि स्टाफ नर्श हो त्यसैले पनि होला उस्को बिदा छ भन्ने कुरा सुन्नै गाह्रो हुन्छ हामिलाइ । उस्लाई पनि रहर त लाग्दो हो परिवार संग बसेर रमाइलो गर्ने तर पेशा को कारण त्यति सहजता थिएन ।
प्रमिलाले बाटोमा जे भेट्यो त्यस्लाई फुटबल बनाउँदै खेल्दै हिडिरहेकि थिइ बिल्कुलै बच्चा जस्तै ।
म पनि खुब मज्जा लिइ रहेकि थिएँ । सुस्मा भने हाँस्ने सिवाए अरु केहि गर्दिन थिइ । उस्ले बोलेको  त्यती  धेरै सुन्नै पाईदैन थियो । जे होस हामि सुख दुखका साथ बानेश्वर पुग्यौं । हामि करिब सांडे २ घण्टा लगाएर बानेश्वर पुगेका थियौं । थकित को कुरै नगरौं, सुई लगाएको कारण हात चलाउनै नसक्ने भैसकेको थियो  संगै ताप पनि उस्तै । बानेश्वोरम केहि साथिहरु संगको भलाकुसारि पछि हामि आफ्नै काम तिर लाग्यौं । बानेश्वर सबैको केन्द्र बिन्दु छ हिजो आज त्यहा सबै नेताहरुको जमघट बढेको छ । जातिय मुद्दामा देश बलिरहेको अबस्थामा संबिधान सभा भवन बाहिर केहि युवा हरुको जमात नया सांबिधानलाइ स्वागत छ भन्ने ब्यानर बोकेर बसिरहेका थिए ।

कति धेरै चिन्तित थिए ति युवाहरु । राम्रो संग उनिहरुका अनुहार पढ्न सकिन्थ्यो ।चौतर्फि बिरोध भैरहेको अबस्थामा ति युवा जमातहरु बन्ने संबिधानमा आफ्नो भबिस्य सुनिस्चित छ भन्ने मनोबैज्ञ्यानिक सोचमा बसिरहेकाछन् । प्रमिला र सुस्मा पनि सहभागि हुन पुगे । त्यहाँ युवाहरु जोसिलो पारामा गितहरु पनि गाउदै थिए । गाउँ गाउँ बाट उठ,बस्ति बस्ति बाट उठ,नयाँ संबिधानलाइ स्वागत गर्न उठ, पनको पात नया संबिधानलाई स्वागत गरौं जेठ १४ सलल भन्दै रमाइलो गर्दै थिए । गित सुनेर र उनिहरुको उत्साह देखेर मेरो आँखा भरि आँसु टिल्बिलियो । त्यहाँ त खासै रुन सकिन यदि म घरमा थिएँ भने डाको छोडेर चाहि रुन्थे ।
समग्रमा जे जे भए पनि आजको मज्जा छुट्टै थियो । बन्द भएकोमा खुसि भएको हैन आफ्नो हिडाइ प्रति चरम सन्तुस्टि हो । बानेश्वर पुग्दै गर्दा धेरै साथिहरुको फोन र म्यासेज आयो तय्हि फोन र म्यासेज संग आफ्नै किसिमले रमाएँ । बाँदरको आक्रमण बाहेक सबै कुराहरु राम्रै रहे । बहिनि प्रमिलाको काम पनि फत्ते भयो । अनि युवाहरुको जोश जाँगर पनि राम्रो संग हेरें । सबै जना आ- आफ्नो धुनमा थिए । तछाड मछाड गर्दै घर् फर्कदै कोहि मित्रहरु भेट्न जाँदै कोहि रातृ समयको काम मा दौडिदै थिए । एकनासले नियाले सडकको पेटिमा बसेर । यो संसार बिचित्रछ तर मेरो देशको अबस्था कस्तो हुने हो अन्यौल मा छ ।
हामि जाँदा ३ जना थियौं तर फर्किदा दाई निलकण्ठ को पनि उपस्थिति भएको थियो । सवारि साधन चलेको कारण हामि बसबाट ४ जना घर फर्कियौं ।
मेरो कामना देशमा चांडै संबिधान बनोस्। राम्रो संबिधान बनोस्। हाम्रो सांबिधान बनोस् । जय संबिधान ।

No comments:

Post a Comment