Sunday, May 6, 2012

माफ गर

निर्धक्क भएर  नौलो बिहानि सँग भलाकुसारी गर्दा 
मलाई दासी बनाउन चाहन्छ
जीवनको अर्धागिनी हैन
जुत्ता टल्काउने पालिस सोचेर
निर्दोश यो हृदयको भावलाई
बलत्कार गर्न चाहन्छ 


चाहन्छ सधैं 
बर्सो बर्ष सम्म
रातको सहयात्री बनोस्
सयौ लात सहने छाति बनोस्
बन्द कोठा भित्र सजिने 
एउटि महारानीको तस्वीर बनोस्
प्रियतम 
आँखा चिम्लेर हात्ती छाम्ने जमाना छैन
त्यसैले माफ गर 
तिम्री अर्धागिनी बन्न सक्दिन

अर्थहिन तिम्रो यात्राको
म साक्षी बन्न सक्दिन
हिउको स्पर्समा बाधिएर
मुटुको टुकुचामा परेट खेल्न चाहन्न 
एकसरो जीवनको मस्त निन्द्रामा
लुट्पुटीएको बेला
बच्चा जन्माउने उपनाममा 
प्रियतम म रम्न चाहन्न 
सधैं अज्ञात बनी
निसन्देह 
म तिम्रो अपमानको झोला बोकेर
अनवरत दौडिन सक्दिन
किनकी
सुनौलो भबिस्यको परिकल्पना सँगै
स्वतन्त्रताको वोकालतमा लडिरहेकी म 
अन्जान यो बस्तिमा
एक्लै एक्लै
अदभुत सपना बोकेर
माफ गर
मेरा प्रियतम
म तिम्री अर्धागिनी बन्न सक्दिन ।


1 comment:

  1. derida ko deconstruction theory jestai sambandha haru lai punarparivasha ,ekali hidne chahana ta hoina

    ReplyDelete