Thursday, July 11, 2013

बटुवा

झागिदै गर्दा हाम्रो माया
थकाई मार्दै मार्दै  
चढेको उकालो
र झरेको ओरालो 
अझै उस्तै उस्तै छन
त्यहाँ को ढुङ्गा माटो 
उस्तै छ हामी खेल्दै हिंड्ने बाटो   
तर 
एकाएक बर्खा याममा 
कसरी लाग्यो डढेलो 
त्यो हरियो हाम्रो प्रेमको जगंलमा

सँग सँगै गरेको पानी पधेरो
घाम पानीमा भिज्दै सुक्दै गरेको मेला पर्म
तिमीले दिएको बचन 
मैले गरेको समर्पण
ति सबै सबै
हरेक बेलुकी
आमाले बालेको आगो सँगै 
बन्यो हावाले उडाउने खरानी

मन भित्र लेखिएको बिश्वास
थामिएका एक अर्काका हातहरु
एकनाश ले चुडिए धागोसरि
कुनै समयको मिठो कामुकता
कुनै समयको न्यानो अगालो
मानसपटल मा थुपारेर
कोरेका अलग बाटाका 
हामी दुई 
साच्चै आज
अलग अलग पहिचानका 
बटुवा बनेका छौ

Monday, May 13, 2013

नजोडिएको साइनो – ३


                              पोहोर साल पनि त आएको थ्यो यो जाडो । पुस माघ महिना पनि आएको नै थ्यो । ग्याम्म परेको लुगा लगाएका नै थिए सुहाए पनि नसुहाए पनि सबैले । एक सरो कपडा लगाएर पनि काटेका नै थे बाक्ला लुगा नहुनेहरुले पोहोर जस्तै जाडोहरु । तर किन मान्छेहरु संधै गुनासो गर्छन ? किन यसपाला मात्र आएको झैँ गर्दैछन् यो महिना ? सायद मान्छे हुनुको गुण यहि होला ।  बिहान बेलुका त जाडै छ दिउँसो घामको तापले त्यती नभए पनि । पुस माघको जाडोले चिसीएको शरिर । अलिकति घामको तापले छुँदा मात्र पनि मन फुरुङ्ग हुन्छ आजभोली । त्यो भन्दा बढी फुरुङ्ग हुन्छ मन बिक्रान्तको अघि उभिन पाउँदा ।  

                        खै किन किन आज अति नै उस्को यादले पिरोलिरहेकोछ । उस्लाई फोन गर्न धेरै पटक मोबाइलमा नम्बर डायल नगरेको पनि होइन तर कसो कसो घण्टी जानु अगाबै रोक्न पुग्थे औँलाहरु । कस्तो खाडलमा खसेँ म । न उत्रिन सक्छु न चुपचाप हेरेह बस्न नै । यो कस्तो परिस्थितिले बाँध्यो मलाई न फोन गर्न सक्छु न एस एम एस नै । थाहा छैन आफैमा बाँधिएर बाँच्नु कत्तिको राम्रो हो ? के हुँदै छ यो ? यतिविधि छटपट्टि आजसम्म कहिल्यै पनि भएको थिएन । जुन म भोग्दैछु आज त्यस्तो हिजो किन भएन ? मनभित्र यस्ता अनगिन्ती प्रश्नहरु आउने जाने क्रम चलिनै रह्यो ।

                    को हो त्यो ? जस्को खुसीले सोच्दै नसोचेको आनन्द दिन्छ । जस्लाई म बारम्बार हेर्ने गर्छु एैना बनाएर । उसैलाई सोचेर हराउँछु  एकान्तमा भिडमा जता ततै । हो उहि नै जो मेरो मन भित्र बसेको एउटा अमिट तस्बिर । मेरो विक्रान्त । म भन्दा पनि नजिकको मान्छे । मेरो हाँसो मेरो खुसी । म उस्को बन्न सकिन त के भो के जिवन भर कसैले खोसेर लान सक्ला र उस्को यादलाई म बाट छुटाएर ? म बाट अलग्याएर । म रहुन्जेल आनन्द संग सजाउनेछु मेरो मन भित्र । 

                              यो कस्तो प्रेम ? प्राप्त नगर्दा पनि आनन्द छ । यस्तो पनि हुन सक्छ ? हुन्छ । र यहाँ यस्तै भै रहेको छ । तर अघाउन्जेल भेट्न पनि नपाउँदाको पिडाले भने साह्रै सताएको छ । सायद त्यही पिडा हो जस्ले आगोले भन्दा बढी पोल्दैछ मलाई यो चिसो मौसमा पनि ।

                     अग्लो केही बाक्लो शरिर । गहुँगोरो । उहि कालो जिन्सको पाइन्ट । उहि कालो र सेतो मिसीएको हाफ सट । संधै हाँसीरहने अनुहार देखे देखे झैँ लाग्यो । कतै विक्रान्त.......होइन होइन । मन आफै दोहोरी खेल्थ्यो । कहिले झगडा गथ्र्यो त कहिले धेरै मायालु बन्थ्यो । खै किन उस्लाई देख्ने चाहले हो या उस्को याद बढि आएर हो उस्कै अनुहार भएको मान्छे लाग्छ आफुवरीपरी घुम्ने । 

                   साँझ परेको गाडीको बढ्दो चाप र मान्छेको ठेलमठेलले सहजै बताउँथ्यो । म पनि घर तिर लागेँ । एउटै इच्छा पनि पुरा हुन नसकेकोमा मन खिन्न थियो । ठेलमठेल बस यात्राले एकछिन त विर्साइदियो तर उत्रिने वित्तिकै फेरी उही याद मेरो अघि पछि हुदै घुम्न थाल्यो । 

                     उ विवाहित पुरुष । उस्को जिम्मेवारी कर्तव्य रहर र इच्छाहरु धेरै होलान् । संगै उस्को श्रीमतीको । कति धेरै ख्याल गर्नुपर्छ उस्ले नारी प्रेमको । नारी सम्मानको । समाजको । परिवेशको । परिवारको । म पनि एउटा नारी हुँ । नारी भावनालाई राम्ररी बुझेकोछु । जानी जानी अर्को नारी भावनालाई कसरी कुल्चीन सक्छु ? हो , त्यसैले आजसम्म त्यही नारीको सम्मान गर्दै आफ्ना सारा इच्छा, चाहना सबै मनमा ताल्चा लगाएर राखेकी छु कहिल्यै नखुलोस् भनी । थाहा छैन राम्रो गरेँ या गर्नै नहुने काम गर्दैछु विक्रान्तको समिप भएर । मनमा तर्क वितर्क धेरै हुन्छन् । 

                             प्रेम गर्छु भनेर र गर्दिन भनेर पनि नहुँदो रहेछ । कहिले काँही त लाग्छ मैले ठुलो पाप गर्देछु आफैले आफैलाई तर प्रेमका निम्ति गरिएको पाप कहाँ पाप सावित हुँदो रहेछ र । प्रेम हृदयले प्रेम मात्र देख्दो रहेछ । जुन मेरो हृदयले पनि देखिरहेछ आज । जे जे भएपनि मैले विक्रान्तको परिवारमा कलह हुने काम भने आजसम्म गरेको छैन । न भोली गर्नेछु । 

                        आफुसंग नभएको बस्तुको धेरै आवश्यकता महसुस हुँदो रहेछ । त्यसैले त अझै पनि उस्को यादले त्यतिनै चिमोटेको छ जति दिनभरी । हिजो अस्ति चिमोटेको थियो । अहो ! नौ बजिसकेछ । के विधि व्यस्त अभ्यस्त बनेकी म । यो राम्रो होइन । फेरी बानी पर्ला भन्ने अर्को पिर । खाना खाएर बरण्डामा टहलिएँ एकछिन तर अडिन सकिन । बाहिर चिसो फैलँदै थियो मन अझै दोधारमा छ । एकपटक फोन या एस एम एस गर्र्दैमा के विग्रन्छ र । ह्या गर्छु । कति सम्झाउने मनलाई पनि । हत्तेरीका कस्तो फर्सादमा परें म । फेरी सोच्न थालेँ । कतै मैले गरेको फोन उनकी श्रीमतीले उठाइन् भने ? भोली देखी उ फेरी परिवारको कलहमा पर्नेछ । उ प्रतिको श्रीमतिको विश्वास हट्नेछ । उस्ले स्पस्टिकरण दिँदा दिँदा हैरान हुनुपर्नेछ ।  हे भगवान ! कुनै बाटो त देखाइदेउ मलाई जहाँ विक्रान्त सम्म पुगौँ । अचम्म छ । माया पनि दिन्छौ अनि बडेमाको बार पनि लगाउँछौ कस्तो नियत हो भगवान तिम्रो ? सायद भगवान हुनुको फाइदा भरपुर उठाउँदैछो तिमी यतिखेर । 
                          अत्ति भएपछि कोठाबाट बाहिर निस्कीएँ । असाध्यै जाडो पो रहेछ बाहीर यो पोलाई त भित्र मात्र पो रहेछ । के विधि राप्पिएको मन । अहँ ! केही गर्न सकेन यो चिसोले पनि । थुमथुम्याउन सम्म पनि सकेन मलाई । कहिले काँही उकुस मुकुस हुँदा बाहीर नीस्कने बानि छ मेरो अँध्यारोसंग बात मार्दै । 

                               मान्छे आफुलाई मात्र चोट परेको झैँ गर्छ । आफुमात्र पिडामा पिल्सीए झैँ गर्छ म जस्तै । उसो त आकाश लाई पनि धर्ती संग टाढिएर बाँच्नु पर्दाको पिडा कम्ति होला र ? र पनि त यसले उज्यालो हुन विर्सेको छैन । अँध्यारो पर्न भुलेको छैन । यस्ले कहिल्यै लार्पवाही गरेन धर्तिसंग । अनि म । कसरी यति धेरै लार्पवाही हुन सक्छु । यति राति म कहाँको यात्राको लागि बाटो नाप्दैछु ? हुन्न म फर्किनु पर्छ । मैले खुसी खुसी बाँच्नु पर्ने धेरै आधारहरु छन् । 

                     फर्कँदै गर्दा झ्वास्स याद विक्रान्त कै आयो । यतै कतै विक्रान्तलाई भेटेँ भने ? थाहा छैन म के गर्छु होला अहिले । म एकनासले सडकको बिचबाट हिडिरहेको छु । सुनसान छ यो सडक । मेरो मन जस्तै । भुस्याहा कुकुर भुकिरहेछन् मेरा भावना जस्तै गरी । यो बाटो हुँदै जाँदा कहाँ सुने र मैले यो आवाज । यतिखेर म आनन्दले देख्न सक्छु खुल्ला आकाश । त्यही आकाशलाई आफ्नो विक्रान्त सम्झेको छु । माथि तिर हेरेर एकदमै डाँकोछोडेर रुनमन लाग्यो । कति सम्हाल्नु आफैले आफैलाई । कहिले काँहि त कोही आइदिए पनि हुने । मनभरी अनेक राम्रा नराम्रा कुराहरु आउने जाने गरिरहे । मलाई चाहिने भन्दा बढी डिस्ट्रब गर्दै थिए उनिहरु ।

                       हप्तौँ अगाडी विक्रान्तलाई उस्को संगिनि संग भेट्दा पनि मेरो मन नटुटेको कहाँ हो र ? तर मैले आफ्नो मनलाई जिनो तिनो सम्हालेको नै त थिएँ । आज किन सकिराखेको छैन ? 

                         एक्कासी एउटा बाइक मेरो अगाडी आएर रोक्किएछ पत्तै पाइन । हेल्लो ! एक्लै एक्लै कता हो मैयाँ यति राति ? सुनसान सडकमा । नमिठो चर्को आवाजले म झसंङ्ग भएँ तर कक्ति पनि डराइन । त्यस्को कुरालाई वास्तै नगरी आफ्नो गतिमा लागेँ । मेरो पछि पछि के के भन्दै सुस्तरी आउँदै थियो उ । एकनासले हर्न बजाउँदै थियो । 

                         कहाँ जान लागेको ? आउ म पु¥याइदिन्छु । विश्वास गर म तिम्रो दाई जस्तै हुँ । मेरो नभएपनि कसैको दाई त पक्कै होला उ । हुनसक्छ राम्रै मनले भन्दैछ र यो पनि हुन सक्छ दया देखाउँदैछ एउटी केटीलाई एक्लै भेट्दा । उस्ले एक दुइ पटक मेरो अगाडी बाइक तेस्र्याएर म हिँडिरहेको बाटो नछेकेको कहाँ हो र । त्यो चाहीने भन्दा बढी बोल्दैथियो मलाई यस्तै भान हुँदै थियो । रिस नउठेको कहाँ हो र । तर त्यतिखेर रिस देखाउनु मुर्खता हुने मलाइृ राम्ररी थाहा थियो । त्यती खेरै एउटा पुलिसको भ्यान आयो अनि बाइक र बाइक बाला एकै छिनमा कता पुग्यो कता । 

                         मैले सुनेको थिएँ । प्रेम नै सिर्जनाको प्रथम विधि हो तर किन होला मलाई चाही विनास तिर डो¥याएको । यति राती त्यही पनि एक्लै आशक्त्तिले डो¥याएको । मनलाई विस्तारै सम्झाएँ । प्रेम अरुका हितका लागि हुनुपर्छ । आफ्नो अहम् पूर्तिका लागि हुनुहुँदैन । र प्रेम गर्नका लागी सबै भन्दा महत्वपुर्ण कुरा तिमीले अरुबाट धेरै आशा नराख भन्दै लुरुलुरु कोठामा फर्किएँ । जाडोको प्रवाह नगरी चिसो पानीले आफ्नो तात्तिएको शरिर पुरै भिजाएँ अनि पुगेँ उहि आफ्नो सुख दुखको साक्षी । एक्लो हुँदाको साथी । जो एउटा त थियो कम्सेकम मलाई पर्खने । चुपचाप मेरो व्यवहारलाई सहने । म रोएको म हाँसेको हेरीरहन्थो । उ त्यहि मेरो प्रिय ओछ्यान हो । जो संग मैले धेरै पल साटेँकोछु । धेरै सुख दुख बाँडेको छु । 

                     हिजो जस्तै सोधेन उस्ले किन ढिला गरिस् । किन मौन छस् ? सोधेन तेरो खुसी कुन गाउँ सरेको छ र यो पनि भनेन जा त्यही जा म बरु एक्लै बाँचौला । बक्ति निभाएँ आखा निभाउन सकिन । सक्दै सकिन । कचमट्टिएको मन जस्तै भएको छ आँखा । आँखीर ननिदाएर पनि त रात वित्दो नै रहेछ ।


Saturday, February 2, 2013

म को हु ??????


सुन्य भाब छ मन भित्र 
कौतुहल्त कता कता
चिमोटो रहेको छ हरेक पल  
नयाँ भाब र नयाँ चुनौतिले
तर म 
अनवरत सोचिरहेकी छु
म को हु ?   

ओल्टिन्छु 
पल्टिन्छु
कोल्टिन्छु
तर पनि मेरो प्रश्न को उत्तर छैन
चारै तर्फ दगुर्छु  
खोला का किनार किनार
सडक का पेटी पेटी मा
मैले खोजिरहेकी छु
उहि पुरानो परिचय 
आखिर
म को हु ?

उड्छु हावा मा बेफिकर
गुड्छु मटर गाडी मा सोचमग्न हुदै
यता उता भौतारिन्छु 
भत्किएका छरपस्ट जिबन बोकेर
खोजिरहेको छु उत्तर
आर्यघाटमा उडिरहेका धुवामा 
सुसिलिरहेका नदिहरुमा
चम्किरहेका तारा पुन्जमा
तर
यत्र तत्र 
काहि कतै नभेटिए पछि
मनमा ठुलो बोझ बोकेर 
आँफैलाइ साच्चै सोधिरहेकि छु  
भनन........
म को हु ?