Sunday, May 6, 2012

माफ गर

निर्धक्क भएर  नौलो बिहानि सँग भलाकुसारी गर्दा 
मलाई दासी बनाउन चाहन्छ
जीवनको अर्धागिनी हैन
जुत्ता टल्काउने पालिस सोचेर
निर्दोश यो हृदयको भावलाई
बलत्कार गर्न चाहन्छ 


चाहन्छ सधैं 
बर्सो बर्ष सम्म
रातको सहयात्री बनोस्
सयौ लात सहने छाति बनोस्
बन्द कोठा भित्र सजिने 
एउटि महारानीको तस्वीर बनोस्
प्रियतम 
आँखा चिम्लेर हात्ती छाम्ने जमाना छैन
त्यसैले माफ गर 
तिम्री अर्धागिनी बन्न सक्दिन

अर्थहिन तिम्रो यात्राको
म साक्षी बन्न सक्दिन
हिउको स्पर्समा बाधिएर
मुटुको टुकुचामा परेट खेल्न चाहन्न 
एकसरो जीवनको मस्त निन्द्रामा
लुट्पुटीएको बेला
बच्चा जन्माउने उपनाममा 
प्रियतम म रम्न चाहन्न 
सधैं अज्ञात बनी
निसन्देह 
म तिम्रो अपमानको झोला बोकेर
अनवरत दौडिन सक्दिन
किनकी
सुनौलो भबिस्यको परिकल्पना सँगै
स्वतन्त्रताको वोकालतमा लडिरहेकी म 
अन्जान यो बस्तिमा
एक्लै एक्लै
अदभुत सपना बोकेर
माफ गर
मेरा प्रियतम
म तिम्री अर्धागिनी बन्न सक्दिन ।


Saturday, April 28, 2012

म आफ्नै दाहसंस्कार गर्नेछु


प्रतिक्षाको लामो समय पछि
एक रात  तिमि संग हुनेछौ
जुन  रात  हामि
मन  भित्र को दोसहरुलाइ
नदि को स्वच्छ पानिले  बगाउनेछौ
कल्पनाको तिम्रो अंगालोमा हैन 
यथार्थताको गलैचामा धक फुकाएर
मेरो मुन्टो थन्काउने छु
त्यही रात हामी  माया को पोकाहरु फुकाउनेछौ
सुटुक्क कसैले नदेख्ने गरी 
तर
एउटा मात्र हाम्रो साक्षी हुनेछ
जुनली रात को मिठो मुस्कान

पलेटी कसेर बसेका मेरा दिनहरु
अझै पनि तिम्रा बाटाहरु कुरिरहेका छन
सुगन्धित अत्तरहरु
कोठाभरि अल्मलीएर बसिरहदा
तिमी आउने बाटा भरि 
ढकमक्क फुलेका ति रङी बिरङी फुलहरु
उत्ताउलियरा तछाड मछाड गर्दै 
तिम्रो स्वागत मा दौडनेछन  
आउ
तिम्रो मेरो हृद्यको भावालाइ सम्बोधन गरौ

तिमी अझै दोधार मै छौ भने
यती मात्र बुझ्नु तिम्री  
स्पर्श मा मैले आनन्द को मोल खोजेको होइन 
मात्र एउटा यादको थुप्रो  थुपारेर  
सगै सगै जीवनका हिसाब किताब गर्नेछौ
त्यही रात
जीवनको पहिलो आन्तिम भेट
हामी  इतिहासमा लेख्नेछौ
हिजो आज
भोलीलाई सलाम ठोकेर  
उहि  एक  रातको 
माधुर्य भेटको अन्तिम प्रहर
तिमी भन्दा धेरै टाढा 
धेरै पर कहिल्यै नभेट्ने गरी
 आफ्नै दाहसंस्कार गर्नेछु

Sunday, April 15, 2012

अलगधार


तिमीलाई भ्रम भए प्रिय
सधैं 
तिम्रै आँखा वरिपरि डुलेर 
जीवन भित्र को जीवन खोज्न 
तल्लिन थिए 
तर 
आज तिम्रो प्रश्नले 
मलाई फेरी ब्युझाएको  
चाहन्थे
तिम्रो न्यानो काखमा लुटुपुटु गरेर 
आफ्नो सारा जीवन समाहित गरौ
अफसोच
अलग धारमा छौ 
हामी दुई 
आरोपै आरोप थुपार्दै

Thursday, April 5, 2012

सरकार !

हिजो आज फेरी
बम बारुद को खेती
निकै मौलाउन थालेको छ
हत्या हिंसा बढेको बढै छ
सरकार ! अब तिम्रो पालो
होसियार हुनु
बम बारुद र हतियार तिम्रै पोल्टामा छ ।

Sunday, April 1, 2012

नारि

नारि कहिले आर्थिक रुपले रेटिन्छे
कहिले पारिवारिक सम्बन्धमा चिसिन्छे
र फुत्कनै नसक्ने गरि
सामाजिक कुसस्कार मा जेलिंन्छे
फेरि उहि नारि
पटक-पटक
बेग्ला बेग्लै अबस्थामा
अलग-अलग परिधिबाट थिचिंन्छे
तर पनि उ नारी छे
खुशि छे
र त सबैको प्रिय छे सधै