Showing posts with label Poems. Show all posts
Showing posts with label Poems. Show all posts

Saturday, April 2, 2011

सम्हालेकि छु

उस्ले छोडेर गएका
सबै सबै कुरा मैले सम्हालेकि छु
गोठभित्रका गाइबस्तु सम्हालेकि छु
घर भित्रका बा आमा सम्हालेकि छु
लालाबाला सम्हालेकि छु
तर पनि
ढिकिमा चामल सरि कुटीन्छ यो मन
कहिले हाडीमा मकै सरि भुटीन्छ यो मन
अति भए आँखा बाट अश्रुधारा खसाउदै
खोला सरि हुनहुनाउदै
ओरालीमा बगिदिन्छ मन
रितिएर बाच्ने आधार बिदेशमा उनि गाकाछन
क्माएर रुपाईया पैसा
घर जग्घा किन्ने आशामा
यी मन पख्री रहेछन
चिन्ता लाग्छ बिदेशमा
के के कुरा किनिन्छ खै?
किन्ने र बेच्ने होड बाजिमा
कतै तिमिले
काम बेचेर
किन्न मिल्ने वा नमिल्ने
बस्तु त किन्ने छैनौ?
मैले यहा सबै सम्हालेकि छु
मेरो मन पनि सम्हालेकि छु
मेरो श रि र
तिम्रो घर
तिम्रो नातेदा र
सिगै मैले सम्हालेकी छु
अनि
तिमीले खटाएर पठाएको पैसा पनि सम्हालेकी छु
तेसैले मेरो खसम
तिमी फर्किदा
तिम्रो श रि र
सम्हालेर ल्याउ
क्रुर जिबाणु यड्स बोकेर नल्याउ
तिम्रो श रि र सम्हालेर ल्याउ

यहा यस्तै छ

गरीब को मास मा डुब्डा डुब्दै
मैले मेरो गाउ छाडे
र शहर सगै नाता जो डे
शहरका अनेकन गल्ली र गोरेटोमा
अफिस र मन्त्रालयका ढोकाहरुमा
मैले मेरो योग्यताको
बिज्ञापन गरेकी छु
उभो लाग्न शहर पस्या
उधैतिर झरेकी छु
यतिबेर
यो शहरले
मेरो सटिफिकेट लाई हेरेर
खित्का छोडि हासेको देखेपछी
मेरो बोली बन्द भएको छ
मेरै छीमेकी रामले
योग्यता बिनानै काम पायपछी
कुरा चल्छ आफन्त आफन्तको
नेता नेता को
रगत रगत को
तर मेरो मन भित्र छुरा चलेको छ
कस्तो अपसोच
योग्यता को भन्दा यहाँ
रगत र् पैसाको राज चलेको छ