Showing posts with label Gajals. Show all posts
Showing posts with label Gajals. Show all posts

Saturday, April 2, 2011

गजल

एक नजर के जुधाए चर्चा चल्यो बजारमा ।
हासी हासी के बोलेथ्य आगो बल्यो बजारमा ।

मुटु साट्या पनि होइन अरु कुनै मिठा कुरा
बिना बतास अचानक पात हल्यो बजारमा ।

चिया प्यको सग सगै थ्यन कुनै   लेनदेन
केही पाइला मात्र हिड्या दिन ढल्यो बजारमा ।

समाजले  हेर्ने आँखा कर्के  कर्के भए पछी
किन किन आज भोली मन गल्यो बजारमा

गजल

महगीको शहरभित्र आँफैलाई खोज्दा खोज्दै ।
एकलासे नहर भित्र आँफैलाई खोज्दा खोज्दै ।

हुनेखाने रमाएका बस्तीभित्र एक्लैइ एक्लैइ,
मिठो खाने रहरभित्र आँफैलाई खोज्दा खोज्दै ।

अर्धनग्न बन्दारेछन् आधुनिक बन्न यहाँ,
तर पनि कहर भित्र आँफैलाई खोज्दा खोज्दै ।

सयौ पिडा लुकाउदै बनावटि हासो लिइ,
वाध्यता र डहरभित्र आँफैलाई खोज्दा खोज्दै ।

फुटेको भाग्यलाई धिकारेर फेरी पनि,
प्राणतुल्य जहरभित्र आँफैलाई खोज्दा खोज्दै ।

गजल

तिम्रो बिहेको निमन्त्रणा हिजो बिहानै पाको थिए ।
त्यसैले त आफ्नै लागि कात्रो किन्न गाको थिए ।

सगै जिउने सगै मर्ने कसम तिम्ले तोडे पछी,
सयौ पटक निम्तो हेरी अर्धचेतन भाको थिए ।

हृदयको तस्बिरलाई भुल्न गाह्रो भए पछी ,
चिता बनी आर्यघाटमा तिम्लाई भेट्न आको थिए ।

उनलाई भुल्ने उपाय ले मलाई छोडि गए पछी,
अर्को जुनि भेटु भनि हरिताल खाको थिए ।