Thursday, March 22, 2012

गजल


आउन काले मेरो घरमा बाबु सँग हात माग्न ।
मन भित्रको मन सँगै जुनताराको खात माग्न ।

झझल्कोले मुटु दुख्यो टाढा हुन गाह्रो भयो 
देख्न खुशी मुहारमा मिलनको बात माग्न ।

रोपेको छु माया रुपी फुल मैले बगैचा मा 
फुल सँगै रमाउनलाइ बैसरुपी मात माग्न । 

तिमी आउने  दिनहरु  औंला  भाची गन्दै बस्दा  
लाग्छ मलाई छिट्टै तिमी आउछौ मेरो साथ माग्न । 

दुबै मिली क्षितिज पारी बनाउला सुन्दर घर 
त्यही घरमा रम्नलाइ मिठो मिठो रात माग्न ।

1 comment: