Thursday, January 5, 2012

गजल

भन्छन एक्लै कसरी बाचिरछेस् उर्मिला
आसु पिइ कसरी  हासिराछेस्  उर्मिला  

उपनामका  धेरै  पदबी   लिदै      लिदै 
आफुलाई कसरी जाचिराछेस् उर्मिला

बैमानीका  आँखामा  बैरी  नै  बनेर
औंला औंला कसरी भाचिराछेस् उर्मिला

खाली  सिउदो हेरी अड्कल काट्ने बिच  
बिन्दास भै कसरी नाचिराछेस् उर्मिला

उमेर को जोड  घटाउ  बजारमा  सुन्दै
बैसको मात कस्लाई साचिराछेस् उर्मिला

Tuesday, August 30, 2011

चाड आउछ अनि नराम्रो सँग मेरो मन दुखाएर जान्छ ।

Sunday, August 28, 2011

गजल

कलीयुग आको छ भन्दै थिए मेरा बाले
हिजो आज केटाले नि तीज मनाउन थाले

समयको माग हो कि बिकृतिको दाग हो
कर्णप्रिय भाकालाई रिमिक्स तिर ढाले

बिकासको फड्को ठान्लान् बुद्दिजिबीहरु यहाँ
हेदा हेर्दै सस्कृति नै हुन गयो झाले माले

अचम्मको समानता भन्लान् शायद कोही
के गरेको बिचित्र भन ए मेरा काले