Tuesday, August 30, 2011

चाड आउछ अनि नराम्रो सँग मेरो मन दुखाएर जान्छ ।

Sunday, August 28, 2011

गजल

कलीयुग आको छ भन्दै थिए मेरा बाले
हिजो आज केटाले नि तीज मनाउन थाले

समयको माग हो कि बिकृतिको दाग हो
कर्णप्रिय भाकालाई रिमिक्स तिर ढाले

बिकासको फड्को ठान्लान् बुद्दिजिबीहरु यहाँ
हेदा हेर्दै सस्कृति नै हुन गयो झाले माले

अचम्मको समानता भन्लान् शायद कोही
के गरेको बिचित्र भन ए मेरा काले

Monday, August 22, 2011

गजल

एक्लै छु यहाँ म एक्लै छौ तिमी पर
अचानक लागिराछ टाढा टाढा हुने डर

 
सिसिरे सिरेटोमा सँग सँगै हुन पाए
आनन्दले बाच्न पाउथ्य परी परी तिम्रै भर


सिरानी नै भिजेछ तिम्रै यादमा मैले रुदा
त्यसैले मनको माली मेरै गाउमा तिमी सर


तस्वीर  तिम्रै हेरि हेरि बस्या छु प्रिय यहाँ 
मुटु अति दुख्यो भने पर्ला पिउन फेरी जहर