Saturday, April 30, 2011

गजल

 बादलुको देशमा तिमी  हरायौकि कतै प्रिय ।
एक्लै एक्लै बस्दा तिमी करायौकि कतै प्रिय ।

अध्यारोको ससार भित्र लुकामारी खेल्दा खेल्दै 
पापी यो दुनियाँमा अताल्लि डरायौकि कतै प्रिय ।

टुकीको उज्यालोमा जिन्दगि लाइ घिसारेर
बागोटिगो बाटो तिम्ले बिरायौकि कतै प्रिय ।

अड्किएको सास जस्तै भएकोछ भन्थ्यौ जीवन
आफुलाई साच्चै बन्दी गरायौकि कतै प्रिय ।

अभाबको गहिराइ भित्र चुर्लुम्म डुबुल्किदै 
छुट्टै यात्रा तिम्ले मन परायौकि कतै प्रिय ।

Saturday, April 23, 2011

गजल

कसै सँग माया मेरो बस्ला बस्ला जस्तो भाछ ।
बिनाबादल आज पानी खस्ला खस्ला जस्तो भाछ ।

वारी पारी बाट नजर हानाहान मात्र भाको
त्यो नजरले किन किन डस्ला डस्ला जस्तो भाछ ।

उथल पुथल भयो मन कता कता काउकुति 
अन्जान मित्र यो दिलमा पस्ला पस्ला जस्तो भाछ ।

असिना झै बर्स्यो माया थाहा पत्तो नपाईकन
उस्ले मलाई अगालोमा कस्ला कस्ला जस्तो भाछ ।

बोल्न केही भ्याकै छैन चिनजानी परै जाओस
तर पनि मनको माला गास्ला गास्ला जस्तो भाछ  ।

Wednesday, April 13, 2011

गजल

लगन आछ विवाहको काउकुती कताकता ।
आट्ने भए आट राजा नत्र बाटो एताउता ।

जवानीको खहरेलाई तह लाउने एउटै बाटो
त्यसैले त निम्ता छ दिलभित्र जतातता ।

अनेकथरि कुरा बाट्छन कुमारीनै बस्योभने
समाजले हेर्ने  आँखा हुन्छन सधैं राताराता ।

पञ्चेबाजा डोले सहित आउ छिट्टै आगनिमा
नत्र फेरी बन्द गर्लान बाउआमाले खातापाता ।

Saturday, April 2, 2011

LondonNepal.co.uk: मैले राजिनामा दिए....... | आदरणीय नेताहरु गुट चिन्...

LondonNepal.co.uk: मैले राजिनामा दिए....... आदरणीय नेताहरु गुट चिन्...: " ने वि. अध्यक्ष प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी उनले राजी..."