Tuesday, August 30, 2011

चाड आउछ अनि नराम्रो सँग मेरो मन दुखाएर जान्छ ।

Sunday, August 28, 2011

गजल

कलीयुग आको छ भन्दै थिए मेरा बाले
हिजो आज केटाले नि तीज मनाउन थाले

समयको माग हो कि बिकृतिको दाग हो
कर्णप्रिय भाकालाई रिमिक्स तिर ढाले

बिकासको फड्को ठान्लान् बुद्दिजिबीहरु यहाँ
हेदा हेर्दै सस्कृति नै हुन गयो झाले माले

अचम्मको समानता भन्लान् शायद कोही
के गरेको बिचित्र भन ए मेरा काले

Monday, August 22, 2011

गजल

एक्लै छु यहाँ म एक्लै छौ तिमी पर
अचानक लागिराछ टाढा टाढा हुने डर

 
सिसिरे सिरेटोमा सँग सँगै हुन पाए
आनन्दले बाच्न पाउथ्य परी परी तिम्रै भर


सिरानी नै भिजेछ तिम्रै यादमा मैले रुदा
त्यसैले मनको माली मेरै गाउमा तिमी सर


तस्वीर  तिम्रै हेरि हेरि बस्या छु प्रिय यहाँ 
मुटु अति दुख्यो भने पर्ला पिउन फेरी जहर

Wednesday, August 17, 2011

गजल

भन्छन् एक्लै कसरी बाचिराछेस् उर्मिला ।
आसु पिइ  कसरी  हासिराछेस् उर्मिला ।

उपनामका धेरै पदबी लिदै लिदै 
आफुलाई कसरी जाचिराछेस् उर्मिला ।

बैमानी का आँखामा बैरी नै बनेर 
औंला औंला कसरी भाचिराछेस् उर्मिला ।

खाली सिउदो हेरी अड्कल काट्ने बिच 
बिन्दास भैइ कसरी नाचिराछेस् उर्मिला ।

उमेरको जोड घटाऊ बजारमा सुन्दै 
बैसको मात कस्लाई साचिराछेस् उर्मिला

Sunday, August 7, 2011

गजल

लाज सरम धरम छैन भन्छन मेरा हजुर ।
टाढा भाको एकपल पनि गन्छन मेरा हजुर ।


कुटो सँगै कोदलीको डाम पनि लाउछन कहिले
आँखा सामु नदेख्दा पागल बन्छन मेरा हजुर ।


कस्तो माया उनको कुन्नी बुझ्नै यहाँ गाह्रो भयो ।
रिसले चुर हुँदै पुर्न खाल्डो खन्छन मेरा हजुर 


कुट्छन् पिट्छन् मार्छु भन्छन् खोला पारी तर भन्छन्
ब्युझिएर फेरी मैलाइ देउता मान्छन मेरा हजुर

Thursday, August 4, 2011

मृत्युको आलिगन

मैले सोचिरहेको मृत्यु
अनि भोगिरहेको जीवनको दोसाधमा
सतिसालझै उभिरहेकी एक्लो यो यात्री

कहिले एउटा खुट्टा अगाडि 
त कहिले अर्को खुट्टा अगाडि
धेरै प्रतिस्प्रधा पछी
मैले अन्तिम बाटो रोज्दै गर्दा
एक थोपा आसु तप्प झर्यो
ति लामा बाटा र छोटा बाटाका बिचमा
आफुलाई केही समय अड्याए
त्यही आसुको थोपा हत्केलामा राख्दै
जीवन भित्र को जीवनलाई
समाप्त पार्ने चेस्टामा
उहि मुर्दा घाटको मुर्दा सँग
आलिगन गर्दै
मृत्युको चिर निन्द्रामा
आफुलाई समाहित गरे