Saturday, April 30, 2011

गजल

 बादलुको देशमा तिमी  हरायौकि कतै प्रिय ।
एक्लै एक्लै बस्दा तिमी करायौकि कतै प्रिय ।

अध्यारोको ससार भित्र लुकामारी खेल्दा खेल्दै 
पापी यो दुनियाँमा अताल्लि डरायौकि कतै प्रिय ।

टुकीको उज्यालोमा जिन्दगि लाइ घिसारेर
बागोटिगो बाटो तिम्ले बिरायौकि कतै प्रिय ।

अड्किएको सास जस्तै भएकोछ भन्थ्यौ जीवन
आफुलाई साच्चै बन्दी गरायौकि कतै प्रिय ।

अभाबको गहिराइ भित्र चुर्लुम्म डुबुल्किदै 
छुट्टै यात्रा तिम्ले मन परायौकि कतै प्रिय ।

Saturday, April 23, 2011

गजल

कसै सँग माया मेरो बस्ला बस्ला जस्तो भाछ ।
बिनाबादल आज पानी खस्ला खस्ला जस्तो भाछ ।

वारी पारी बाट नजर हानाहान मात्र भाको
त्यो नजरले किन किन डस्ला डस्ला जस्तो भाछ ।

उथल पुथल भयो मन कता कता काउकुति 
अन्जान मित्र यो दिलमा पस्ला पस्ला जस्तो भाछ ।

असिना झै बर्स्यो माया थाहा पत्तो नपाईकन
उस्ले मलाई अगालोमा कस्ला कस्ला जस्तो भाछ ।

बोल्न केही भ्याकै छैन चिनजानी परै जाओस
तर पनि मनको माला गास्ला गास्ला जस्तो भाछ  ।

Wednesday, April 13, 2011

गजल

लगन आछ विवाहको काउकुती कताकता ।
आट्ने भए आट राजा नत्र बाटो एताउता ।

जवानीको खहरेलाई तह लाउने एउटै बाटो
त्यसैले त निम्ता छ दिलभित्र जतातता ।

अनेकथरि कुरा बाट्छन कुमारीनै बस्योभने
समाजले हेर्ने  आँखा हुन्छन सधैं राताराता ।

पञ्चेबाजा डोले सहित आउ छिट्टै आगनिमा
नत्र फेरी बन्द गर्लान बाउआमाले खातापाता ।

Saturday, April 2, 2011

LondonNepal.co.uk: मैले राजिनामा दिए....... | आदरणीय नेताहरु गुट चिन्...

LondonNepal.co.uk: मैले राजिनामा दिए....... आदरणीय नेताहरु गुट चिन्...: " ने वि. अध्यक्ष प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी उनले राजी..."

गजल

एक नजर के जुधाए चर्चा चल्यो बजारमा ।
हासी हासी के बोलेथ्य आगो बल्यो बजारमा ।

मुटु साट्या पनि होइन अरु कुनै मिठा कुरा
बिना बतास अचानक पात हल्यो बजारमा ।

चिया प्यको सग सगै थ्यन कुनै   लेनदेन
केही पाइला मात्र हिड्या दिन ढल्यो बजारमा ।

समाजले  हेर्ने आँखा कर्के  कर्के भए पछी
किन किन आज भोली मन गल्यो बजारमा

गजल

तिम्रो मुस्कान मेरो लागि अभिस्राप बन्दै जादा
परिएछ भड्खालोमा माया गर्छु भन्दै जादा ।

मिठा बोली अबोध बानी नाटकिए चाल तिम्रो
थाहै पाइन समर्पणका ति दिनहरु गन्दै जादा ।

मन भित्र लुकाएर आँखा भित्र सजाएर
बर्षौ बर्ष बित्यारैछ उनि मेरो ठान्दै जादा ।

घात माथि घात थप्दै तिमी अघि बड्दा पनि ।
सुइको नि पाइन मैले मनको माली मान्दै जादा ।

म आउँदै छु

पुराना ति स्मृतीलाई
 भुल्दै भुल्दै
 बाबा
मैले एउटा प्रयाश गरे
 यसपाली को दसैंमा आशिर्बाद थाप्न आउ
 ओइलाएका ति पुस्पहरु लाई
 गमलामा एक निमेष नियाले
 उनिहरु पनि चुपचाप थिए
 बर्षौ पछीको  बाबु छोरीको भेट परिकल्पना गर्दै
 कल्पीरहेको यो मन
  खै?
 फेरी कता गएर भाचियो पत्तै पाइन
जुग भएछ
बाबाको माया बाट ओझेल परेको 
 थाम्नै नसकिने गरी झरेयो अश्रुधारा आँखाबाट
 असक्त यो मन चोटैचोटका खोटहरु सँग
फेरी सम्झौता गरे

सानो छदा
 बाबाले किनीदिएको घागर
 दिदी बहिनी मिलेर
  सारा गाउलेलाई देखौदै हिंडेको
 हिजो जस्तै लाग्छ
 म सम्झीरहन्छु
ति पल हरु
 मलाई चिमोटी रहन्छ 
 ति यादहरुले
टिका सिधाए पछी
 दिद बहिनी जम्मा भएर
 राता नोठ हरु गनेको
झल्झली सम्झन्छु
बाबाको ओतमा
 आड लागेका सपनाहरु
 ठुलि भएपछी केलाउदै
एकोहोरो घोत्लिरहेकी छु
 बाबाको न्यानो काख
बिरानो भएको धेरै बर्ष पछी
 यो मनभित्र गाठो कसेर
 म आज फर्कदै छु
उहि पुरनो गाउ
 हो बाबा
यस्पालिको दसैंमा 
 म आशिर्बाद थाप्न आउँदै छु ।

म र मिर्तु

कृतिम सपनाहरुलाई तिलान्जली दिदै
मिर्तुलाई आफ्नै घरमा बसेर कुरीरहे
सयौ पत्रहरु पठाय
उ आउँदै आएन
म मिर्तुलाई आफ्नो बनाउन चाहन्थे
म मिर्तुलाई आलिगन गर्न चाहन्थे
उसैलाई भेटेर
उसैमा लिन हुन चाहन्थे
तर
मिर्तु भने
सधैं म देखेर सुइकुच्चा ठोक्यो
जब म
आफ्नै दुनियाँमा मस्त हुँदै
मिर्तुलाई बिर्सिसकेकी थिए
अचानक उ आज
झ्यालबाट मलाई चियाइ रहेकोछ
मलाई जिस्काइरहेको छ
मैले उसलाई कयौ पटक भेट्न खोज्दा
उ अटेरी बनेर
मलाई नदेखेझै गरी दौडी रह्यो
बरु सुटुक्क मेरो छिमेकीकोमा पस्यो
मलाई बेवास्था गर्दै
तर अहिले म
उसलाई भुल्दै
टाढा टाढा हुँदै थिए
आफ्नै छुट्टै दुनियाँ बनाउदै थिए अचानक
उ मेरो नजिक नजिक
आउँदै छ
हिजो आज मलाई
मिर्तु भन्दा जीवन
क यौ गुना उज्यालो लागिरहेको छ
अफसोच
म मिर्तु सँग
भागेर पनि भागन सक्दिन
जीवन मागेर पनि पाउन सक्दिन

सम्हालेकि छु

उस्ले छोडेर गएका
सबै सबै कुरा मैले सम्हालेकि छु
गोठभित्रका गाइबस्तु सम्हालेकि छु
घर भित्रका बा आमा सम्हालेकि छु
लालाबाला सम्हालेकि छु
तर पनि
ढिकिमा चामल सरि कुटीन्छ यो मन
कहिले हाडीमा मकै सरि भुटीन्छ यो मन
अति भए आँखा बाट अश्रुधारा खसाउदै
खोला सरि हुनहुनाउदै
ओरालीमा बगिदिन्छ मन
रितिएर बाच्ने आधार बिदेशमा उनि गाकाछन
क्माएर रुपाईया पैसा
घर जग्घा किन्ने आशामा
यी मन पख्री रहेछन
चिन्ता लाग्छ बिदेशमा
के के कुरा किनिन्छ खै?
किन्ने र बेच्ने होड बाजिमा
कतै तिमिले
काम बेचेर
किन्न मिल्ने वा नमिल्ने
बस्तु त किन्ने छैनौ?
मैले यहा सबै सम्हालेकि छु
मेरो मन पनि सम्हालेकि छु
मेरो श रि र
तिम्रो घर
तिम्रो नातेदा र
सिगै मैले सम्हालेकी छु
अनि
तिमीले खटाएर पठाएको पैसा पनि सम्हालेकी छु
तेसैले मेरो खसम
तिमी फर्किदा
तिम्रो श रि र
सम्हालेर ल्याउ
क्रुर जिबाणु यड्स बोकेर नल्याउ
तिम्रो श रि र सम्हालेर ल्याउ

यहा यस्तै छ

गरीब को मास मा डुब्डा डुब्दै
मैले मेरो गाउ छाडे
र शहर सगै नाता जो डे
शहरका अनेकन गल्ली र गोरेटोमा
अफिस र मन्त्रालयका ढोकाहरुमा
मैले मेरो योग्यताको
बिज्ञापन गरेकी छु
उभो लाग्न शहर पस्या
उधैतिर झरेकी छु
यतिबेर
यो शहरले
मेरो सटिफिकेट लाई हेरेर
खित्का छोडि हासेको देखेपछी
मेरो बोली बन्द भएको छ
मेरै छीमेकी रामले
योग्यता बिनानै काम पायपछी
कुरा चल्छ आफन्त आफन्तको
नेता नेता को
रगत रगत को
तर मेरो मन भित्र छुरा चलेको छ
कस्तो अपसोच
योग्यता को भन्दा यहाँ
रगत र् पैसाको राज चलेको छ

गजल

महगीको शहरभित्र आँफैलाई खोज्दा खोज्दै ।
एकलासे नहर भित्र आँफैलाई खोज्दा खोज्दै ।

हुनेखाने रमाएका बस्तीभित्र एक्लैइ एक्लैइ,
मिठो खाने रहरभित्र आँफैलाई खोज्दा खोज्दै ।

अर्धनग्न बन्दारेछन् आधुनिक बन्न यहाँ,
तर पनि कहर भित्र आँफैलाई खोज्दा खोज्दै ।

सयौ पिडा लुकाउदै बनावटि हासो लिइ,
वाध्यता र डहरभित्र आँफैलाई खोज्दा खोज्दै ।

फुटेको भाग्यलाई धिकारेर फेरी पनि,
प्राणतुल्य जहरभित्र आँफैलाई खोज्दा खोज्दै ।

गजल

तिम्रो बिहेको निमन्त्रणा हिजो बिहानै पाको थिए ।
त्यसैले त आफ्नै लागि कात्रो किन्न गाको थिए ।

सगै जिउने सगै मर्ने कसम तिम्ले तोडे पछी,
सयौ पटक निम्तो हेरी अर्धचेतन भाको थिए ।

हृदयको तस्बिरलाई भुल्न गाह्रो भए पछी ,
चिता बनी आर्यघाटमा तिम्लाई भेट्न आको थिए ।

उनलाई भुल्ने उपाय ले मलाई छोडि गए पछी,
अर्को जुनि भेटु भनि हरिताल खाको थिए ।